कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एसियाडलाई फुटबल टोली छनोट

काठमाडौँ — किरणकुमार लिम्बु, रोहित चन्द र भरत खवासलाई समेट्दै नेपालले एसियाली खेलकुदका लागि २० सदस्यीय फुटबल टोली घोषणा गरेको छ । एसियाली खेलकुद अगस्ट १४ देखि सेप्टेम्बर १ सम्म इन्डोनेसियामा हुँदै छ ।

एसियाडलाई फुटबल टोली छनोट

अखिल नेपाल फुटबल संघले जेठ २४ देखि प्रारम्भिक चरणमा ५२ खेलाडी छनोट गरी प्रशिक्षण सुरु गरेकोमा त्यसपछि ४५ हुँदै जापानिज मुख्य प्रशिक्षक ग्यातोकु कोजी र प्रशिक्षक बालगोपाल महर्जनले अन्तिम टोली घोषणा गरेका हुन् ।

छनोट खेलाडीमा गोलरक्षकतर्फ किरण, एलन न्यौपाने, सोजित गुरुङ, रक्षकमा अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, सुमन अर्याल, दिनेश राजवंशी, गौरव बुढाथोकी, छिरिङ गुरुङ, मध्यपंक्तिमा अञ्जन विष्ट, रोहित चन्द, हेमन्त गुरुङ, हेमन्त थापामगर, अभिषेक रिजाल, तेज तामाङ तथा अग्रपंक्तिमा सुनील बल, भरत खवास, सुमन लामा र विमल घर्तीमगर छन् ।

एसियाडमा २३ वर्ष माथिका तीन खेलाडीले खेल्न पाउने प्रावधान छ । किरण, रोहित र भरतलाई सिनियर खेलाडीका रूपमा टोलीमा समेटिएको हो ।

प्रकाशित : असार ११, २०७५ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?