आर्मीलाई हक्कीको उपाधि

शंकर आचार्य

पर्सा — कडा र अविश्वसनीयझै लाग्ने तीव्र प्रतिस्पर्धात्मक खेलमा पोखरा रातोलाई पराजित गर्दै विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रथम वीरगन्ज आमन्त्रण महिला इन्डोर हक्की च्याम्पियनसिपको उपाधि जितेको छ ।

आर्मीलाई हक्कीको उपाधि

पर्सा जिल्ला हक्की संघको आयोजनामा शनिबार सम्पन्न फाइनलमा आर्मीले कठिन र संघर्षपूर्ण जित निकालेको थियो । उपाधि हात पार्ने क्रममा आर्मीले पोखरा रातोलाई सडनडेथमा हराएको थियो ।

निर्धारित समयमा दुवै तर्फबाट २–२ गोल भएपछि निर्णायकले पेनाल्टी सुटआउटको सहारा लिइएको थियो । त्यहाँ पनि ३–३ स्ट्रोक प्रहारको अवसर दिइएकामा दुवैबाट १–१ गोल भयो । २–२ गोलकिपरले रोकेका थिए । अन्त्यमा निर्णायकले सडनडेथको सहारा लिए । यसमा पनि दुवै तर्फबाट पालैपालो गरी दुई पटक १–१ गोल मात्र हुनसक्यो । अन्त्यमा तेस्रो स्ट्रोकमा आर्मी गोल गर्न सफल भयो । उत्कृष्ट खेलाडीमा पोखरा रातोकी कमला पुन र उत्कृष्ट गोलरक्षकमा रातोकै समीक्षा पुन चुनिए । सेलाउँदै गएको हक्की खेललाई जीवन्त बनाउन र खेलाडीको हौसला बढाउन प्रतियोगिता गरिएको संघका अध्यक्ष हरविन्दर सिंहले बताए । स्थानीय ग्यानदा स्कुलको इन्डोर हलमा खेलाइएको थियो ।

प्रकाशित : असार ११, २०७५ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?