कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाल–नेदरल्यान्ड्स खेललाई मान्यता

काठमाडौँ — नेपालले जुलाईमा लर्ड्समा नेदरल्यान्ड्ससँग खेल्न लागेको खेलले ट्वान्टी–२० अन्तर्राष्ट्रियको मान्यता पाएको छ । जुलाई २९ मा हुने एकदिने त्रिकोणात्मक शृंखलामा अर्को टोली आयोजक मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले प्रतिस्पर्धा गर्दै छ ।

नेपाल–नेदरल्यान्ड्स खेललाई मान्यता

काठमाडौं (कास)–

एमसीसीले नेपाल र नेदरल्यान्ड्सबीचको खेल टान्टी–२० अन्तर्राष्ट्रिय मान्यतामा हुन लागेको मंगलबार जनाएको हो ।


चार वर्षपछि नेपालले ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल्न लागेको हो । २०१५ को जुलाईमा विश्व ट्वान्टी–२० छनोटमा पपुवा न्युगिनीसँग खेलेयता नेपालले ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलेको छैन । फेब्रुअरीमा जिम्बावेमा भएको विश्वकप छनोटमा वान–डे अन्तर्राष्ट्रिय मान्यता पाएसँगै नेपाललाई ट्वान्टी–२० अन्तर्राष्ट्रियको ढोका खुलेको थियो ।


नेपालले इंग्ल्यान्डमा त्रिकोणात्मक ट्वान्टी–२० शृंखला खेलेपछि नेदरल्यान्ड्समा गएर घरेलु टोलीसँग दुई वान–डे अन्तर्राष्ट्रिय खेल्दै छ । नेपालले पहिलोपल्ट वान–डे अन्तर्राष्ट्रिय खेल्न लागेको हो । खेल अगस्ट १ र ३ मा एमस्ट्राडममा हुनेछ ।


विश्व क्रिकेटको ‘मक्का’ मानिएको लर्ड्समा नेपालले सन् २०१५ मा खेलेको थियो । ५० ओभरको खेलमा नेपालले एमसीसीलाई ४१ रनले हराएको थियो । श्रीलंकाका माहेला जयवद्र्धनेले कप्तानी गर्ने एमसीसीमा स्कटल्यान्डका तीन खेलाडी छन् ।


प्रकाशित : असार १३, २०७५ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?