२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

उपराष्ट्रपति कप महिला राष्ट्रिय फुटबल

हेटौंडा — उपराष्ट्रपति कप महिला राष्ट्रिय फुटबल प्रतियोगिता–२०७५ बुधबार हेटौंडामा सुरु हुँदै छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक क्यालेन्डरअनुसार जिल्ला फुटबल संघ मकवानपुरसँगको समन्वयमा प्रतियोगिता हेटौंडा–४ स्थित हुप्रचौरमा हुने पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

उपराष्ट्रपति कप महिला राष्ट्रिय फुटबल

जिल्ला फुटबल संघ मकवानपुर अध्यक्ष टीकाराम लामाले प्रतियोगितामा १३ जिल्लाको सहभागिता रहने बताए । मकवानपुर, बर्दिया, स्याङ्जा, उदयपुर, महोत्तरी, काठमाडौं, नवलपरासी, बाँके, रूपन्देही, सिन्धुपाल्चोक, सुर्खेत, चितवन र ताप्लेजुङले भाग लिने छन् । उद्घाटन खेलमा मकवानपुर र स्याङ्जाबीच प्रतिस्पर्धा हुनेछ ।


‘प्रतियोगिताको तयारी पूरा भएको छ । हामीले मैदानभित्र र बाहिरको सबै काम सम्पन्न गरिसकेका छौं,’ अध्यक्ष लामाले भने । उनका अनुसार प्रतियोगिता सम्पन्न गर्न करिब २० लाख रुपैयाँ खर्च अनुमान गरिएको छ । त्यसमा १४ लाख रुपैयाँ केन्द्रबाट प्राप्त हुने र बाँकी संघले व्यवस्थापन गर्ने उनले बताए ।

प्रकाशित : असार २७, २०७५ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?