उपराष्ट्रपति कप : सुनसरी र कास्कीलाई सफलता

कान्तिपुर संवाददाता

रौतहट — चन्द्रनिगाहपुरमा जारी उपराष्ट्रपति कप महिला राष्ट्रिय फुटबलमा बिहीबार सुनसरीले इलामलाई ३–१ ले पराजित गरेको छ । निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि टाइब्रेकरमा सुनसरीले जित पाएको हो । कास्कीले पाँचथरमाथि २–१ ले नतिजा निकाल्यो ।

शेरबहादुर दर्लामी खेल मैदानमा सुनसरीले सुरुदेखि नै खेलमा पकड बनाएको थियो । तर गोल गर्न सकेन । सुनसरीकी सुस्मिता राईले पेनाल्टी बक्स बाहिरबाट प्रहार गरेको पहिलो फल बल इलामकी गोलकिपर सुजना एल्मोले पञ्च गरेर बाहिर फालिदिइन् । लगत्तै सुनसरीकी हेमकुमारी सेवाले सानदार शट प्रहार गर्दा बल पोलमा लागेर फर्किएको थियो । आक्रामक सुरुआत गरेको सुनसरीका पवित्रा राई, सुस्मिता राई, सोमिका राई र विमला थापाले राम्रो खेल प्रदर्शन गरेका थिए ।

Yamaha


मध्यान्तरपछि ५४ औं मिनेटमा पेनाल्टी पाएको सुनसरीले सदुपयोग गर्न सकेन । पवित्रा राईको प्रहार आउट भयो । इलामले पनि प्रयास पनि सफल भए । उसका खेलाडी अनिता राई, सन्जिवी खनाल र प्रिया राईले राम्रो प्रदर्शन गरे । निर्धारित समयमा गोल नभएपछि टाइब्रेकरमा सुनसरी विजयी भयो ।

अर्को खेलमा कास्कीले पाँचथरलाई २–१ ले पराजित गर्दा सुम्मिता गुरुङ र निशा कोइरालाले गोल गरेका थिए । पाँचथरकी देवीकला राईले एक गोल फर्काइन् ।

प्रकाशित : असार २८, २०७५ २१:५२
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

अफगानिस्तामा बेलयाती सेना थपिने 

एएफपी

लन्डन — बेलायत सरकारले अफगानिस्तानमा थप सैनिक पठाउने जनाएको छ ।  अफगानिस्तानमा शान्ति स्थापना र स्थायित्वका लागि बेलायतले थप ४ सय ४० सैनिक पठाउन लागेको प्रधानमन्त्रीले टेरेसा मेले जनाकारी दिएकी हुन् । 

मेको निर्णयको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वागत गरेका छन् । पछिल्लो समय अफगानिस्तानमा शान्ति स्थापनामा चुनौती थपिएको जनाउँदै ट्रम्पले अफगानिस्तानमा तैनाथ बेलायती सेनाको संख्या थप्न आग्रह गरेका थिए ।

अमेरिकाका साथै नेटो गठबन्धनले समेत उक्त आग्रह गरेपछि मे थप सेना पठाउन सहमत भएकी हुन् । उनले ब्रसेल्समा बिहीबार सम्पन्न नेटो सम्मेलनका क्रममा उक्त घोषणा गरेकी हुन् ।

थप गरिएका सेनाले अफगानिस्तानमा शान्ति र स्थायित्वका लागि अफगान सेनालाई सघाउने जनाइएको छ । मेको घोषणसँगै अफगानिस्तानमा बेलायती सेनाको संख्या १ हजार १ सय पुग्ने भएको छ । अफगानिस्तामा हाल १६ हजार नेटो सैनिक छन् ।

प्रकाशित : असार २८, २०७५ २१:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT