निमा र निशालाई रजत पदक

काठमाडौँ — राष्ट्रिय तेक्वान्दो खेलाडी निमा गुरुङ र निशा रावलले दक्षिण कोरियामा भएको अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा रजत पदक जितेका छन् ।

निमा र निशालाई रजत पदक

पोहाङमा भइरहेको प्रतियोगितामा दोस्रो दिन फाइटतर्फ निमाले ५७ केजीमुनि र निशाले ७३ केजी तौलमाथि रजत जितेका हुन् । पहिलो खेलमा बाई पाएकी निमाले दोस्रो खेलमा इन्डोनेसियाकी खेलाडीलाई १५–१२ अंकले हराउँदै फाइनलमा स्थान बनाइन् । उनी फाइनलमा इन्डोनेसियाकै खेलाडीसँग २२–१० अंकले पराजित भइन् ।

निशाले फाइनलमा काजकिस्तानकी खेलाडीसँग ६–४ अंकको प्रतिस्पर्धात्मक हार बेहोरिन् । ६७ केजीमुनि सेमिफाइनलमा नेपालकी संगीता बस्याल इन्डोनेसियनसँग पराजित भएपछि कांस्यमै सीमित भइन् ।

पुरुषतर्फ पहिलो खेलमै कोरियाका खेलाडीसँग नेपालका वीरबहादुर महरा र भूपेन श्रेष्ठले ‘सी’ क्याटोगरीतर्फ मिश्रित सफलता हात पारे । ६८ केजी तौलका वीरबहादुर ‘सी’ क्याटोगरीको सेमिफाइनलमा कोरियाका खेलाडीसँग पराजित हुँदै कांस्य पदकै सीमित भए ।

सोही क्याटोगरीको ८० केजीमुनि भूपेनले सेमिफाइनलमा कोरियन खेलाडीलाई १८–९ अंकले हराउँदै फाइनल तय गरे । तर फाइनलमा उनी मलेसियनसँग ११–२० ले स्तब्ध भएपछि रजतमै चित्त बुझाए । टिम फाइटतर्फ नेपालले शुक्रबार खेल खेल्ने कार्यक्रम छ ।

एसियाड तयारीमा रहेको नेपाली तेक्वान्दोले यसै प्रतियोगितामा पहिलो दिन चार पदक जितेको थियो ।

प्रकाशित : असार २९, २०७५ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?