कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सुनसरी र कास्कीलाई सफलता

उपराष्ट्रपति कप

रौतहट — चन्द्रनिगाहपुरमा जारी उपराष्ट्रपति कप महिला राष्ट्रिय फुटबलमा बिहीबार सुनसरीले इलामलाई ३–१ ले पराजित गरेको छ । निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि टाइब्रेकरमा सुनसरीले जित पाएको हो । कास्कीले पाँचथरमाथि २–१ ले नतिजा निकाल्यो ।

सुनसरी र कास्कीलाई सफलता

शेरबहादुर दर्लामी खेल मैदानमा सुनसरीले सुरुदेखि नै खेलमा पकड बनाएको थियो । तर गोल गर्न सकेन । सुनसरीकी सुस्मिता राईले पेनाल्टी बक्स बाहिरबाट प्रहार गरेको पहिलो फल बल इलामकी गोलकिपर सुजना एल्मोले पञ्च गरेर बाहिर फालिदिइन् ।

लगत्तै सुनसरीकी हेमकुमारी सेवाले सानदार शट प्रहार गर्दा बल पोलमा लागेर फर्किएको थियो । आक्रामक सुरुआत गरेको सुनसरीका पवित्रा राई, सुस्मिता राई, सोमिका राई र विमला थापाले राम्रो खेल प्रदर्शन गरेका थिए ।

मध्यान्तरपछि ५४ औं मिनेटमा पेनाल्टी पाएको सुनसरीले सदुपयोग गर्न सकेन । पवित्रा राईको प्रहार आउट भयो । इलामले पनि प्रयास पनि सफल भए । उसका खेलाडी अनिता राई, सन्जिवी खनाल र प्रिया राईले राम्रो प्रदर्शन गरे । निर्धारित समयमा गोल नभएपछि टाइब्रेकरमा सुनसरी विजयी भयो ।

अर्को खेलमा कास्कीले पाँचथरलाई २–१ ले पराजित गर्दा सुम्मिता गुरुङ र निशा कोइरालाले गोल गरेका थिए । पाँचथरकी देवीकला राईले एक गोल फर्काइन् ।

प्रकाशित : असार २९, २०७५ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?