२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

बेल्जियमको विश्वकपमा उत्कृष्ट प्रदर्शन

रोयटर्स

सेन्ट पिटर्सबर्ग — बेल्जियमले शनिबार इंग्ल्यान्डलाई २–० ले पराजित गरी विश्वकपमा तेस्रो स्थान हात पारेको छ । विश्व फुटबलमा बेल्जियमको यो अहिलेसम्मको उत्कृष्ट प्रदर्शन हो । ग्यारेथ साउथगेटको टोली लगातार दोस्रो पराजय बेहोर्दै घर फर्किन लागेको हो ।

बेल्जियमको विश्वकपमा उत्कृष्ट प्रदर्शन

चौथो मिनेटमा थोमस मुनिइर र ८२ औं मिनेटमा इडेन हाजार्डले गरेको गोलमा बेल्जियमले तेस्रो स्थानको प्ले अफ खेलमा विजय हात पारेको हो । सन् १९८६ मा यसअघि एक पटक मात्र विश्वकपमा सेमिफाइनल पुग्दा बेल्जियम चौथो भएको थियो ।


इंग्ल्यान्ड दोस्रो हाफमा लयमा देखिए पनि कप्तान ह्यारी केन थकित देखिन्थे । खेलको अन्तय तिर बेल्यिमको चुस्तता अझ महत्वपूर्ण रहयो । मुनिइरको गोल रोमेलु लकाकुले देव्रे छेउमा दिएको बलमा नासेर चाड्लीले गरेको क्रसपछि सम्भव भएको थियो, जसलाई इंग्ल्यान्डका गोलरक्षक जोर्डन पिकफोर्डले बचाउने कमै मौका थियो । उक्त गोल बेल्जियमका १० फरक खेलाडीले यस विश्वकपमा गरेको गोल थियो । १९८२ मा फ्रान्स र २००६ मा इटालीका १०–१० खेलाडीले विश्वकपमा गोल गरेका थिए ।


सेमिफाइनलमा पराजित भएपछि इंग्ल्यान्डले ५ र क्रोएसियाले २ खेलाडीले परिवर्तन गरेको थियो । निलम्बन कटाएका मुनिइर र योउरी टिइलेमान्सलाई बेल्जियमले पहिलो रोजाईमा राखेको थियो । मारोउनी फेलानीलाई मिडफिल्डमा नराखे पनि बेल्जियमले अगाडि केभिन डी ब्रुयना, लुकाकु र हाजार्डलाई खेलाएका थियो । प्रतियोगितामा सर्वाधिक ६ गोल गरेका केनले पनि इंग्ल्यान्डलाई बराबरीमा ल्याउने अवसर पाएका थिए । तर २४ औं मिनेटमा रहिम स्टर्लिङले दिएको पासमा केनको प्रहार बाहिर गएको थियो ।


साउथगेटले दोस्रो हाफमा स्टर्लिङको सथानमा मार्कुस रासफोर्ड र डेनी रोसको स्थानमा जेसी लिङगार्ड ल्याएपछि इंग्ल्यान्डको खेलमा केही सुधार आयो । इरिक डायरले बेल्जियमको किपर थिबाउट कोर्टियसलाई बिट गर्दै गरेको चिपलाई टोबी अल्डरवेइरल्डले गोललाईनबाट बचाएपछि इंग्ल्यान्डले खेल बराबरीमा ल्याउन सकेन् । अन्तमा हाजार्डले काउन्टर एट्याकमा दोस्रो गोल गरेर बेल्जियमको जित निश्चित गरे ।


प्रकाशित : असार ३०, २०७५ २३:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?