टेनिस खेलाडीको निधन

काठमाडौँ — टेनिसका पूर्व राष्ट्रिय च्याम्पियन श्रीराम मगरको निधन भएको छ । उनको शनिबार राति १२:४० बजे आफू बस्दै आएको त्रिपुरेश्वरस्थित कोठामा निधन भएको थियो । उनको हृदयघातबाट निधन भएको जनाइएको छ ।

टेनिस खेलाडीको निधन

उनी जुनियर टेनिस इनिसिएटिभ (जेटीआई) कार्यक्रमका प्रशिक्षक थिए । बल ब्वाइजका रूपमा टेनिसमा संलग्न मगरले पछिल्लोपल्ट वैशाखमा काठमाडौंमा सम्पन्न छैटौं सिटिजन्स बैंक खुला टेनिसको मिक्स डबल्समा इरा रावतसँग मिलेर स्वर्ण जितेका थिए । उनले सातौं र १२ औं दक्षिण एसियाली खेलकुदमा सहभागिता जनाएका थिए ।

आइतबारै अन्त्येष्टि गरिएका मगरका श्रीमती, १–१ छोराछोरी छन् ।

प्रकाशित : असार ३२, २०७५ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?