२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०
खेलकुद

Sports News of Nepal

अल्ट्रा धावक रोकायालाई ५० हजार सहयोग 

बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचारपछि कोठामा आराम गरिरहेका अल्ट्रा धावक हरिबहादुर रोकायालाई सहयोग गरिएको छ । भक्तपुरको लोकनथलीस्थित रोकायकै कोठामा पुगेर कालिकोटका युवा व्यवसायी तथा पूर्वखेलाडी दिलबहादुर कडायतले मंगलबार ५० हजार आर्थिक सहयोग गरेका छन् ।

अल्ट्रा धावक रोकायालाई ५० हजार सहयोग 

काठमाडौं किंग्समा यूएईका कप्तान

यूएईका कप्तान रोहन मुस्ताफाले टीभीएस ईपीएलमा काठमाडौं किंग्स इलेभेनबाट खेल्ने भएका छन् । गत सिजन ईपीएलमा प्लेअफ पुग्न नसकेको किंग्सले सोमबार मुस्ताफाले आफ्नो टोलीबाट खेल्न लागेको जनाएको छ । यसअघि नै टोलीले आयरल्यान्डका केभिन ओ’ब्राइनलाई पनि अनुबन्ध गरेको घोषणा गरिसकेको छ ।

काठमाडौं किंग्समा यूएईका कप्तान

‘मनोवैज्ञानिक सफलता’

फ्रान्सले घरेलु मैदानमा सन् १९९८ मा विश्वकप जित्दाका कप्तान हुन् डिडियर डेसच्याम्प । त्यसको २० वर्षपछि फ्रान्स दोस्रोपल्ट विश्वविजेता भयो । तिनै डेसच्याम्प फेरि एकपल्ट हिरो भए । यसपालि उनको भूमिका फेरियो ।

‘मनोवैज्ञानिक सफलता’

जोकोभिचको जीवन्त चुनौती

अन्त्यमा नोभाक जोकोभिचले चौथोपल्ट विम्बल्डन टेनिसको पुरुष एकल उपाधि जित्न धेरै मिहिनेत गर्नुपरेन । तर यहाँसम्म पुग्ने यिनै जोकोभिचले लामो संघर्ष भने गरेका छन् । सेन्टर कोर्टमा केभिन एन्डरसनमाथि ३१ वर्षे जोकोभिचले सोझो तीन सेटमा खेल जिते । यो उनले जितेको चौथो विम्बल्डन उपाधि त भयो नै ।

जोकोभिचको जीवन्त चुनौती

[विश्लेषण] सन्तुलित फ्रान्सको शक्ति

यसपालिको विश्वकपमा बल पोसेसन राख्ने टोलीले खेल जितेकोभन्दा हारेको बढी देखियो । फाइनलमा पनि क्रोएसियाले बल पोसेसन राखे पनि फ्रान्सले मौकाको सदुपयोगमा गोल गरेर जित दर्ता गर्न सक्यो । खेलको सुरुआती १५ मिनेट फ्रान्सले रक्षात्मक रणनीतिमा खेल्यो ।

[विश्लेषण] सन्तुलित फ्रान्सको शक्ति

प्रशिक्षकबाट अलग्गिए साम्पोली

प्रशिक्षक जोर्गे साम्पोलीले विश्वकपमा खराब प्रदर्शनका कारण अलग हुने घोषणा गरेको अर्जेन्टिनीे फुटबल संघले आइतबार जनाएको छ । ‘अर्जेन्टिनी फुटबल संघ र साम्पोलीले दुवैको सहमतिमा उनले प्रमुख प्रशिक्षक पद खाली गर्ने निर्णय गरेको छ,’ संघले जनाएको छ । दुई पक्षबीच पाँचवर्षे सम्झौता भए पनि एकै वर्षमा यो टुटेको हो ।

प्रशिक्षकबाट अलग्गिए साम्पोली

एमबाप्पे नयाँ पेले

केलियन एमबाप्पे र उनका प्रतिभाशाली युवा खेलाडी पुस्ताका लागि विश्वकप फाइनलमा क्रोएसियामाथिको जित नयाँ सुरुआतका रूपमा रहनेछ । फ्रान्सेली फुटबलका ‘पोस्टर ब्वाई’ १९ वर्षीय एमबाप्पेसहितको फ्रान्सेली टिमले अबको केही वर्ष अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो प्रभुत्व जमाउने तय देखिएको छ ।

एमबाप्पे नयाँ पेले

गोल्डेन बल र बुट

क्रोएसियाका कप्तान लुका मोड्रिचले विश्वकपको गोल्डेन बल जित्दा बेल्जियमका इडेन हाजार्ड दोस्रो र फ्रान्सका एन्टोइन ग्रिजमन तेस्रो भएका छन् । मोड्रिचले फाइनलमा पराजित हुनुका बाबजुद पनि विश्वकपको उत्कृष्ट खेलाडी घोषित हुँदै गोल्डेन बल जितेका हुन् ।

गोल्डेन बल र बुट
असार ३२, २०७५

कस्तो रह्यो विश्वकप फाइनल : नविनको विश्लेषण [भिडियो]

विश्वकप फुटबलअन्तर्गत सोमबार भएको फ्रान्स र क्रोएसियाबीचको फाइनल खेल कस्तो रहयो ? त्रिभुवन आर्मी क्लबका फुटबल प्रशिक्षक नवीन न्यौपानेको विश्लेषण ।

कस्तो रह्यो विश्वकप फाइनल : नविनको विश्लेषण [भिडियो]

टेनिस खेलाडीको निधन

टेनिसका पूर्व राष्ट्रिय च्याम्पियन श्रीराम मगरको निधन भएको छ । उनको शनिबार राति १२:४० बजे आफू बस्दै आएको त्रिपुरेश्वरस्थित कोठामा निधन भएको थियो । उनको हृदयघातबाट निधन भएको जनाइएको छ ।

टेनिस खेलाडीको निधन