३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

काठमाडौं किंग्समा यूएईका कप्तान

काठमाडौँ — यूएईका कप्तान रोहन मुस्ताफाले टीभीएस ईपीएलमा काठमाडौं किंग्स इलेभेनबाट खेल्ने भएका छन् । गत सिजन ईपीएलमा प्लेअफ पुग्न नसकेको किंग्सले सोमबार मुस्ताफाले आफ्नो टोलीबाट खेल्न लागेको जनाएको छ । यसअघि नै टोलीले आयरल्यान्डका केभिन ओ’ब्राइनलाई पनि अनुबन्ध गरेको घोषणा गरिसकेको छ ।

काठमाडौं किंग्समा यूएईका कप्तान

मुस्ताफाले यूएईबाट २६ वान–डे अन्तर्राष्ट्रिय र २४ टान्टी–२० मा सहभागिता जनाइसकेका छन् । उनकै कप्तानीमा यूएई फेब्रुअरीमा जिम्बावेमा भएको आईसीसी विश्वकप छनोटमा सातौं हुँदै लगातार दोस्रो वर्ष वान–डे अन्तर्राष्ट्रिय मान्यता राष्ट्र बनेको थियो । मुस्ताफा एक दशकदेखि यूएईबाट खेल्दै आएका छन् ।

मुस्ताफा दोस्रोपल्ट नेपाल आएर खेल्न लागेका हुन् । चैतमा वैशाखमा सम्पन्न रुस्लान धनगढी प्रिमियर लिगमा उनले सोपमाल कामीको कप्तानीमा रहेको टिम चौराह धनगढीबाट खेलेका थिए । स्थानीय टोली धनगढीलाई विजेता बनाउने क्रममा मुस्ताफा १ सय ९८ रन बनाउनुका साथै ५ विकेट लिएपछि म्यान अफ द सिरिजमा चुनिएका थिए । काठमाडौं गोल्डेन्सविरुद्ध उनले फाइनलमा ६० रन बनाउँदै म्यान अफ द फाइनल चुनिएका थिए ।

किंग्सको मार्की खेलाडीमा सोमपाल नै छन् । सोमपालकै कप्तानीमा किंग्सले गत सिजनको ईपीएलमा खेलेको थियो ।

प्रकाशित : श्रावण १, २०७५ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?