कैलाली फाइनलमा

रौतहट — चन्द्रपुर–६ स्थित शेरबहादुर दर्लामी खेल मैदानमा जारी उपराष्ट्रपति कप महिला राष्ट्रिय फुटबलमा मंगलबार कैलाली विजयी हुँदै फाइनल पुगेको छ । टोलीले मोरङलाई ४–० ले हरायो । कैलालीले बिहीबार रौतहटविरुद्ध उपाधि भिडन्त गर्नेछ ।

कैलाली फाइनलमा


सुरुको पाँच मिनेटमै कैलालीकी सिर्जना सुनारले गोल गरिन् । उनको प्रहार मोरङकी गोलकिपर कल्पना कार्कीले रोक्न सकिनन् । गोल गोल फर्काउन मोरङकी सावित्रीदेवी मगर र जमुना मगरले निकै राम्रो तालमेल बनाए, तर कैलालीकी डिफेन्डर रेबिका पाण्डेसामु त्यसले काम गरेन । १६ आंै मिनेटमा कैलालीकी गंगा अधिकारीले गोल थपिन् र २–० को अग्रता दिलाइन् ।


अघिल्लो खेलमा राम्रो प्रदर्शन देखाएकी मोरङकी गोलकिपर कल्पना कार्कीले नर्भसजस्तै भइन् । इमा राईले छरितो खेल खेलिन् । उनलाई जमुना राईले पासमा सघाइन् । मोरङले मध्यान्हअघि गोल बराबरी गर्ने निकै अवसर पाएको थियो । तर टिमले सफलता पाउन सकेन ।


खेलको ५६ औं मिनेटमा कैलालीकी आकृति भुसालले गोल थपिन् । मोरङकी डिफेन्डर सपना मगरको विपक्षीको प्रहार रोक्ने प्रयास त्यति सफल हुन सकेन । अन्तिम एक मिनेट बाँकी रहँदा कैलालीकी गंगा अधिकारीले अर्को गोल थप्द खेल ४–० ले टुंग्याइन् । कैलालीका महिमा चौधरी, सुस्मिता दवाडी र मनकुमारी चौधरीले राम्रो खेले । तीनै जनाको तालमेल मिलेको थियो ।

सिन्धुपाल्चोक र काठमाडौं भिड्ने
सिन्धुपाल्चोक र काठमाडौं मंगलबारको खेलमा जित हात पार्दै उपराष्ट्रपति महिला राष्ट्रिय फुटबलको फाइनल पुगेका छन् ।


दोस्रो सेमिफाइनलमा सिन्धुपाल्चोकले ताप्लेजुङलाई १–० ले हरायो । यसअघि काठमाडौंले मकवानपुरमाथि ३–० ले पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको छ । फाइनल बिहीबार हेटौंडा–४ स्थित लोकतान्त्रिक मैदान हुप्रचौरमा हुनेछ । सिन्धुपाल्चोकबाट रजनी श्रेष्ठले ५८ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।


उनले बक्सभित्र ताप्लेजुङ खेलाडीको ह्यान्ड भएपछि प्राप्त पेनाल्टीमा गोल गरेकी हुन् । प्लेयर अफ द म्याच सिन्धुपाल्चोककी हिना जिरेल भइन् । विजेताले राजधानीमा हुने महिला राष्ट्रिय लिगमा प्रतिनिधित्व गर्ने मौका पाउनेछ ।

प्रकाशित : श्रावण २, २०७५ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?