कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

काहिलको संन्यास

रोयटर्स

सिड्नी — अस्ट्रेलिया राष्ट्रिय फुटबल टोलीका सर्वाधिक गोलकर्ता टिम काहिलले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका छन् । रुसमा गत सात सम्पन्न विश्वकप खेल्दै चौथोपटक विश्वकपमा सहभागिता जनाएका काहिलले राष्ट्रिय टोलीका लागि १ सय ७ खेलेका छन् । ५० गोल गरेका उनी सर्वाधिक गोलकर्ता हुन् ।

काहिलको संन्यास

‘आजबाट राष्ट्रिय टोलीबाट मैले औपचारिक रूपमा बिदा लिँदै छु,’ काहिलले मंगलबार ट्विटरमा भने, ‘राष्ट्रको प्रतिनिधित्व गर्नुको भावना शब्दमा बयान गर्न सक्दिनँ । यो यात्रामा मेरो साथ दिनुहुने सम्पूर्णमा धन्यवाद भन्न चाहन्छु । ’


काहिलको उमेर र राष्ट्रिय टोलीमा नयाँ प्रशिक्षकको आगमनका कारण यो निर्णय अपेक्षित थियो । नवनियुक्त प्रशिक्षक ग्राहम आर्नोल्डले अर्को वर्ष यूएईमा हुने एसियन कपमा उपाधि रक्षा गर्ने लक्ष्य राखेका छन् । उनले गत वर्ष क्लबस्तरमा पनि मैदानमा धेरै समय बिताउन पाएनन् । डिसेम्बरमा अस्ट्रेलियन क्लब मेलबर्न सिटी छाडेका काहिल जनवरीमा इंग्लिस लिगअन्तर्गत दोस्रो श्रेणीको मिलवाल पुगेका थिए ।


काहिलले इंग्ल्यान्डमा १० खेल खेले । अधिकांश समय वैकल्पिक खेलाडी रहेका उनले विश्वकप टोलीमा भने स्थान बनाए । प्रशिक्षक बर्ट भान मार्विकले उनको अनुभव र उपस्थितिले टोलीलाई सघाउ पुग्ने बताएका थिए । काहिलले विश्वकप छनोटअन्तर्गत समस्यामा परेको अस्ट्रेलियालाई विश्वकपसम्म पुर्‍याएका थिए । सिरियाविरुद्ध उनले इन्ज्युरी समयमा विजयी गोल गर्दै प्लेअफमा स्थान पक्का गरेपछि अस्ट्रेलिया होन्डुरसलाई हराउँदै रुसको टिकट काट्न सफल भएको थियो ।

प्रकाशित : श्रावण २, २०७५ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?