३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

क्रिकेटर शक्ति गौचनद्वारा संन्यास घोषणा

काठमाडौँ — नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर शक्ति गौचनले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा गरेका छन् । युरोप टुरमा जाने टोलीका लागि बुधबार आयोजित बिदाई कार्यक्रममा उनले यो नै अन्तिम विदेश टुर हुने बताएका हुन् ।

क्रिकेटर शक्ति गौचनद्वारा संन्यास घोषणा

उनले अब नेपालमा हुने अर्को खेल नै उनको राष्ट्रिय टोलीका लागि अन्तिम् खेल हुनेछ । नेपालले युरोप टुर अन्तर्गत इंग्ल्यान्डको लर्डस क्रिकेट मैदानमा त्रिकोणात्मक ट्वान्टी ट्वान्टी सिरिज तथा नेदरल्यान्ड्समा दुई खेलेको वान–डे सिरिज खेल्दैछ ।


राष्ट्रिय टोलीका लागि डेढ दशक मैदानमा बिताएका गौचनले करियरको सुरुवात ब्याट्सम्यानको भूमिकामा खेलेका थिए । पछिल्लो एक दशक भने उनले स्पिनरको भूमिका निर्वाह गर्दै आएका छन् ।


राष्ट्रिय टोलीबाट संन्यास लिएपनि उनले घरेलु क्रिकेटमा भने निरन्तर खेलिरहने बताएका छन् ।

प्रकाशित : श्रावण २, २०७५ १४:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?