१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

रौतहट च्याम्पियन

उपराष्ट्रपति कप फुटबल
शिव पुरी

रौतहट — रश्मी घिसिङको सानदार गोलमा रौटहटले चन्द्रपुर–६ स्थित शेरहबहादुर दर्लामी खेल मैदानमा जारी उपराष्ट्रपति कप महिला राष्ट्रिय फुटबलको उपाधि जितेको छ । बिहीबार फाइनलमा कैलालीलाई १–० ले हराउँदै रौतहट उपाधि जित्न सफल भयो ।

रौतहट च्याम्पियन

खेलको १२ औं मिनेटमा रश्मीले गरेको गोल निर्णायक भयो । मनीषा राउतको पासमा उनले गोल गरेकी हुन् । बराबरी गर्न कैलालीलाई चुनौती थियो । टोलीका गंगा अधिकारी, सिर्जना सुनार र महिमा चौधरीको तालमेल निकै राम्रो थियो । उनीहरूले बल पेनाल्टी बक्ससम्म पुगे पनि रौतहटकी डिफेन्डर समिक्षा घिमिरेले बिफल तुल्याइदिन्थिन् । समिक्षाले आक्रामक शैलीमा विपक्षीको खुट्टाबाट बल खोस्थिन् । र, गोल हुनबाट जोगाउँथिन् ।

एक गोलले पछि परेको कैलालीले दोस्रो हाफमा भने सशक्त खेलको प्रदर्शन गरेको थियो । उसका खेलाडीले गोल फर्काउन निकै प्रयास गरे । ३२ औं मिनेटमा प्राप्त फ्रिकिकमा कैलालीकी मोनिका पुलामी मगरको बल पोस्ट नजिकैबाट बाहिरियो । कैलालीले यस्तै दुई राम्रा अवसर गुमायो ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी रौतहटकी मनीषा राउत भइन् । प्लेयर अफ द फाइनल रौतहटकी अस्मिता वैद्य भइन् । दुवैले ५–५ हजार रुपैयाँ पुरस्कार पाए । जिल्ला फुटबल संघ रौतहटका महासचिव मधु धितालले प्रतियोगितामा १३ जिल्लाले भाग लिएको बताए । विजेताले राष्ट्रिय महिला लिगमा भाग लिने पाउनेछ । विजेतालाई प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले पुरस्कृेत गरे ।

प्रकाशित : श्रावण ४, २०७५ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?