कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एन्फाले खेलाडी उत्पादनमा ध्यान दिने

पोखरा — अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले एन्फाको ध्यान मुलुकभर कुशल फुटबल खेलाडी उत्पादनमा रहने बताएका छन् ।

एन्फाले खेलाडी उत्पादनमा ध्यान दिने

एन्फाको विधान र नियमावलीमा संशोधनका लागि सुझाव लिन पोखरामा शनिबार आयोजित प्रदेशस्तरीय छलफलमा उनले यस्तो बताएका छन् । ‘हामी १४ जिल्लामा टेक्निकल सेन्टर सञ्चालन गर्दैछौं,’ उनले भने, ‘महिला फुटबलर उत्पादनका लागि टेक्निकल सेन्टर रौतहटमा रहने छ ।’

पोखरामा रहने एन्फाको फुटबल प्रशिक्षण केन्द्र ६० जना क्षमताको हुने उनले बताए । कार्यक्रममा गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले खेलकुदलाई समृद्धिको आधार बनाइनुपर्ने आवश्यकता औंल्याए ।

प्रकाशित : श्रावण ६, २०७५ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?