कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

क्रिकेट र पाराग्लाइडिङ थपिने

काठमाडौँ — नेपालमा हुने दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करणमा क्रिकेट र पाराग्लाइडिङ पनि समावेश गरिने भएको छ ।शनिबार काठमाडौंमा बसेको दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले क्रिकेट र पाराग्लाइडिङ समावेश गर्ने निर्णय गरेको माल्दिभ्स ओलम्पिक कमिटीका महासचिव अहमद मार्कुजले जानकारी दिए ।

क्रिकेट र पाराग्लाइडिङ थपिने

बैठकले साग पूर्वनिर्धारित मिति ९–१९ मार्च २०१९ मा नेपालमै हुने पक्का गरेको छ । क्रिकेट २०१० मा ढाका सागमा पनि समावेश थियो भने प्याराग्लाइडिङ पहिलोपल्ट समावेश गर्न लागिएको हो ।

यसअघि १३ औं संस्करणमा २३ खेल समावेश हुने र आयोजक नेपालले गल्फ र कराँते खेल थपेर कुल २५ खेल गर्ने प्रस्ताव भएको थियो । शनिबारको निर्णयसँगै सागमा हालसम्मकै सर्वाधिक २७ खेल समेटिने भएको छ ।


कुन खेलमा कति इभेन्ट हुनेबारे भने अगस्ट १९ मा इन्डोनेसियामा बस्ने बैठकले निर्णय गर्ने बुझिएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले औपचारिक रूपमा आइतबार यसबारे पत्रकार सम्मेलनबाट घोषणा गर्ने जनाएको छ ।एनओसी एवं काउन्सिलका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षता बसेको बैठकमा भुटानबाहेक नेपाल, भारत, बंगलादेश, पाकिस्तान, माल्दिभ्स र श्रीलंकाका प्रतिनिधि सहभागी थिए । उनीहरूले शनिबारै दशरथ रंगशालासहित विभिन्न खेल पूर्वाधारको निरीक्षण गरे ।

१३ औं साग समावेश २७ खेल
आर्चरी, एथलेटिक्स, ब्याडमिन्टन, बास्केटबल, बक्सिङ, भलिबल, साइक्लिङ, फिल्ड हक्की, फुटबल, ह्यान्डबल, जुडो, कबड्डी, खोखो, कुस्ती, क्रिकेट, सुटिङ, स्क्वास, उसु, पौडी, टेबलटेनिस, लनटेनिस, ट्रायथलन, तेक्वान्दो, भारोत्तोलन, कराँते, गल्फ र प्याराग्लाइडिङ ।

प्रकाशित : श्रावण ६, २०७५ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?