कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

महिला पत्रकारलाई फुटबल प्रशिक्षण 

काठमाडौँ — महिला पत्रकार सहयोग कोष स्थापना गर्न नेपाल पत्रकार महासंघको महिला समितिले आयोजना गर्न लागेको फुटबल प्रतियोगिताका लागि प्रशिक्षण सुरु भएको छ ।

महिला पत्रकारलाई फुटबल प्रशिक्षण 

आइतबारदेखि तीन दिने प्रशिक्षण सुरु भएको हो । साउन १२ गते हुने उक्त प्रतियोगितामा महिला पत्रकार मात्रै प्रतिस्पर्धामा उत्रने छन् ।

नक्सालस्थित सानो गौचरणमा आइतबार कोच देवेन्द्रजंग शाहले पत्रकारलाई प्रशिक्षण दिएका थिए । उनले फुटबल खेल्नु अघि अनुशासनको पालना अनिवार्य भएको बताए । खेललाई सधै सम्मान र मर्यादित बनाउन सके खेलाडी सफल हुने शाहले बताए ।

महासंघको महिला समितिकी संयोजक लक्ष्मी पुनले यो प्रतियोगिताले स्वस्थ रहन मद्दत गर्ने संकलित रकम महिला पत्रकारकै हितमा लगानी हुने बताए । ‘कोष स्थापना गर्न सकियो भने, दुखमा परेका महिला पत्रकारलाई सहयोग गर्न सकिन्थ्यो,’ उनले भनिन्, ‘यो पहिलाृ प्रयास सबैको सहयोगले सफल हुनेछ ।’

त्यस्तै महासंघकी सदस्य जानुका बरालले महिला पत्रकारलाई उत्साहका साथ खेलमा उपस्थित हुन आग्रह गरेकी छन् ।

प्रकाशित : श्रावण ६, २०७५ १२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?