नेपालको सजिलो जित

काठमाडौँ — नेपालले इंग्ल्यान्ड भ्रमणमा पहिलो अभ्यास खेलमा ह्याम्पसायर होग्स क्रिकेट क्लबलाई २ सय ४३ रनले पराजित गरेको छ । कप्तान पारस खड्काले १ सय ६१ रन बनाएपछि नेपाल पूरा ५० ओभर खेलेर ३ सय ६२ रनमा अलआउट भएको थियो ।

नेपालको सजिलो जित

ह्याम्पसायर होग्स जवाफमा ३७.१ ओभरमा १ सय १९ रनमै अलआउट भयो । देब्रेहाते स्पिनर ललित राजवंशीले ५ विकेट लिए । उनले १० ओभरमा ४ मेडन राख्दै ३४ रन खर्चे । सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले २–२ र करण केसीले १ विकेट लिए । स्थानीय टोलीबाट ह्यारी फिसरले ३३, ओपनर टोम बुचर र आर्ची नाइटले समान २२ र मिल्स कभर्सले १८ रन बनाए ।

यसअघि पारसले १ सय ६ बलको इनिङ्समा १९ चौका र ७ छक्का प्रहार गरेका थिए । त्यस्तै रोहितकुमार पौडेलले ४४, दीपेन्द्रले ३७ र आरिफ शेखले २७ रन बनाएका थिए । नेपालले सोमबार सेन्ट क्रससँग ट्वान्टी–२० खेल खेल्नेछ ।

प्रकाशित : श्रावण ७, २०७५ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?