३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

सावित्राको चार गोल

महिला लिग फुटबल
कान्तिपुर संवाददाता

काठमाडौँ — स्टार फरवार्ड सावित्रा भण्डारीको चार गोलसँगै डिफेन्डिङ च्याम्पियन एपीएफले उपराष्ट्रपति महिला लिग फुटबलमा शुक्रबार रौतहटलाई ७–० ले पराजित गरेको छ ।

सावित्राको चार गोल

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा सावित्राले ३० औं मिनेटमा गोलको खाता खोलेकी थिइन् । पेनाल्टीमार्फत ५४ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेकी उनले ५५ औं मिनेटमै ह्याट्रिक पूरा गरिन् । उनले चौथो गोल इन्ज्युरी समयको दोस्रो मिनेटमा गरेकी हुन् ।

यससँगै लिगमा सावित्राको गोल संख्या ९ पुगेको छ । यसअघि काठमाडौंमाथि १०–० को जितमा उनी एक्लैले ५ गोल गरेकी थिइन् । खेलमा पहिलो गोल भने सरु लिम्बूले गरेकी थिइन् । उनले छैटौं मिनेटमै एपीएफलाई अग्रता दिलाएकी थिइन् । उनले ४० औं मिनेटमा व्यक्तिगत दोस्रो गोल थपिन् । अनिता बस्नेतले पनि ७९ औं मिनेटमा गोल गरेकी थिइन् ।

दोस्रो खेलमा आर्मीले काठमाडौं जिल्ला फुटबल संघमाथि ८–० को जित निकाल्यो । त्यसमा दीपा राईले ह्याट्रिक पूरा गरिन् । विमला बिकेले २४ औं मिनेटमा गोलको खाता खोलेको खेलमा कप्तान कृष्णा खत्रीले दुई तथा इन्दिरा राई र कविता धिमालले एक–एक गोल गरेका थिए ।

प्रकाशित : श्रावण १२, २०७५ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?