बचाउनेलाई उपेक्षा

बीबीसी

लन्डन — फिफाले भर्खरै १० खेलाडीको सूची जारी गरेको छ । यी सन् २०१८ को उत्कृष्ट खेलाडी हुन् । यो सूचीले देखाउँछ, गोल बचाउनुभन्दा ठूलो काम त गोल गर्नु हो । यसमा पाँच स्ट्राइकर छन् अनि चार मिडफिल्डर ।

बचाउनेलाई उपेक्षा

खाली एकै डिफेन्डर मात्र यसमा छन् रियल म्याड्रिडका राफेल भारान । अझ यसमा गोलरक्षक त छँदै छैन । यस्तोमा पूरा खेलमा गोल नखानुको पनि अब केही अर्थ रहेन त ? यो सूचीलाई फिफाको उत्कृष्ट खेलाडीको सूची नभने पनि हुन्छ ।

किनभने यो त डिफेन्ड र गोलरक्षकप्रति अन्याय भएन भने ? विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित अवार्ड हो, बालोन डी’ओर । पछिल्ला १२ वर्षमा डिफेन्डरले यो अवार्ड एकैपल्ट मात्र जितेको छ । गोलरक्षकले पूरा इतिहासमै एकपल्ट मात्र । त्यो पनि धेरै अगाडि, सन् १९६३ मा । ‘मलाई त आश्चर्य लाग्छ, पछिल्लो ५० वर्षमा कोही पनि गोलरक्षक उत्कृष्ट खेलाडी हुन सकेनन् त ? यो त हावादारी भयो,’ फुटबल लेखक जोनाथन विल्सनले भनेका छन् ।

उनी ‘द हिस्ट्री अफ फुटबल ट्याक्टिक्स’ का लेखक हुन् । यो अवार्ड विजेता पुस्तक पनि हो । विल्सन भन्छन्, ‘फुटबलमा दोष नै के हो भने यसमा गोल गर्ने नायक हुन्छन् । दर्शकलाई पनि बल छलाउने र गोल गर्ने मनपर्ने हुँदोरहेछ ।’ अझ जोनाथन के भन्छन् भने बिचरा सबै डिफेन्डरलाई थाहा छ, उनीहरूको भाग्यमा बिरलै ठूलो अवार्डको नाम लेखिन्छ । खासमा उनीहरूको खेल धेरैको आँखामै पर्दैन । अझ डिफेन्डर बलियो क्लबको हो भने त आधा सिजन उनको कामै हुन्न जस्तो हुन्छ ।

बलियो क्लबले बढी गोल गर्छ भन्ने मान्यता राख्ने हो भने यी डिफेन्डरको काम झनै नदेखिने हो । अचेल को कति राम्रो डिफेन्डर हो भने नाप्न उनले गरेको टयाकल गन्ने काम हुन्छ । तर यो काम जोनाथनलाई पटक्कै चित्त बुझ्दैन । उनको विश्लेषण रहेको छ, ‘उत्कृष्ट डिफेन्डर हो भने उनका लागि ठीक ठाउँमा उभिनु पनि ठूलो हो । यस्तो गर्न सके, जुनसुकै दिशाबाट बल आए पनि रोक्न सक्ने अवस्था तयार हुन्छ । मेरो विचारमा धेरै टयाकल गर्ने खेलाडी आफ्नो पोजिसनमा हुँदैनन् ।’

ह्यारी मगायर पछिल्लो विश्वकपमा इंग्ल्यान्डका लागि राम्रो खेल्नेमा पर्छन् । त्यो अर्थमा उनी इंग्ल्यान्डका सबैभन्दा चर्चित डिफेन्डर पनि हुन् । उनले स्वीडेनविरुद्ध निकै महत्त्वपूर्ण गोल पनि गरे । पूरा प्रतियोगितामा उनी इंग्ल्यान्ड डिफेन्सको खम्बा रहे, पारम्परिक सोचले खेल्ने खेलाडीका रूपमा । उनी लेस्टर सिटी आउनु अगाडि सेफिल्ड युनाइटेडको एकेडेमीमा थिए । उनी त्यहाँ छँदाका प्रशिक्षक रन रेड भन्छन्, ‘डिफेन्डरले अवार्ड जित्न नसकेकै कारण किशोर खेलाडी यो भूमिकामा रमाउन चाहँदैनन् ।’

डिफेन्डर हुनु उनीहरूको मुख्य उद्देश्यमा पर्दैन । रेड भन्छन्, ‘अचेलका किशोर खेलाडीको रुचि पनि गोल गर्नुमै बढी छ ।’ उनको अनुभवले के भन्छ भने पछिल्ला केही दशकयता डिफेन्डरको परिभाषा र भूमिकामै परिवर्तन आएको छ । आजभोलि सबै गोल बढी भएको हेर्न चाहन्छन् । पहिला जस्तो बलियो शक्तिशाली डिफेन्डरको जमाना रहेन । मगायर त अपवाद देखिन्छन् आजभोलि । आखिरमा बचाउनेले जस नपाएपछि यस्तै त हुन्छ ।

क्रिस्टियन ह्युगिल
–बीबीसी

प्रकाशित : श्रावण १३, २०७५ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?