कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

रुसी प्रशिक्षकको सम्झौता थप

रोयटर्स

मस्को — रुसी राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक स्टानिस्लाभ चर्चेसोभले शुक्रबार दुई वर्षका लागि सम्झौता थप गरेका छन् ।

रुसी प्रशिक्षकको सम्झौता थप

विश्वकपमा अपेक्षा गरिएभन्दा राम्रो प्रदर्शनपछि उनलाई महासंघले नयाँ सम्झौता दिएको हो ।

रुस फुटबल महासंघले शुक्रबार विज्ञप्ति जारी गर्दै चर्चेसोभसँग नयाँ सम्झौता गरेको जानकारी गराएको थियो । हालको सम्झौताअनुसार दुई वर्ष अवधिपछि थप दुई वर्ष बढाउने विकल्प पनि राखिएको छ । यो सम्झौता प्रशिक्षक चर्चेसोभलाई उनले विश्वकपमा गरेको मिहिनेतको धन्यवादस्वरुप पनि रहनेछ ।

सोभियत युगपछि रुस पहिलोपल्ट विश्वकपको क्वाटरफाइनल पुगेको हो । विश्वकपमा सबैभन्दा कम वरीयताको टोली भए पनि घरेलु मैदानमा रुसले निकै राम्रो प्रदर्शन गरेको थियो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शनिबार विश्वकप टोलीलाई सम्मान गरे ।

प्रकाशित : श्रावण १३, २०७५ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?