कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रिय स्क्वास हुने

कान्तिपुर संवाददाता

काठमाडौँ — तेस्रो धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता साउन २२ देखि २६ गतेसम्म हुने भएको छ । कुल १ लाख ६ हजार रुपैयाँ पुरस्कार राशि रहेको प्रतियोगितामा ७ विधा रहनेछ ।

राष्ट्रिय स्क्वास हुने

पुरुष खुला, महिला खुला, पुरुष ५० वर्षमाथि, ब्वाइज यू–१५ र यू–१९ तथा गल्र्स यू–१५ र यू–१९ उमेर समूहमा खेल हुनेछन् । पुरुष खुलातर्फ विजेताले १८ हजार तथा महिलाको विजेताले ११ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगितामा झन्डै १ सय प्रतिस्पर्धीले सहभागिता जनाउनेछन् । युवा खेलाडीको मनोबल बढाउने उद्देश्यसहित सबै सहभागी उमेर समूहका खेलाडीलाई नगद पुरस्कार राखिएको छ ।

प्रकाशित : श्रावण २१, २०७५ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?