नेपाली टोली स्वदेश फिर्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली टोली नेदरल्यान्ड्ससँग दुई खेलको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखला खेलेर नेपाल फर्किएको छ । नेपाल र नेदरल्यान्ड्सबीचको शृंखला बराबरीमा टुंगिएको थियो ।

पहिलो खेलमा नेपाल ५५ रनले पराजित भएको थियो भने दोस्रो खेलमा १ रनले विजयी भएको थियो ।

फेब्रुअरीमा जिम्बावेमा सम्पन्न विश्वकप छनोटमा आठौं भएसँगै नेपाल वान–डे अन्तर्राष्ट्रिय मान्यताप्राप्त राष्ट्र बनेको थियो । त्यसपछि नेपालले पहिलोपटक नेदरल्यान्ड्स वान–डे अन्तर्राष्ट्रिय खेलेको हो । नेपाली टोलीलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्रिकेट प्रेमी तथा शुभेच्छुकहरुको भीड लागेको थियो ।


Yamaha





प्रकाशित : श्रावण २१, २०७५ १२:०८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

[अपडेट] काँडाघारीबाट अपहरित बालकको हत्या, दुई अपहरणकारी मारिए

जनकराज सापकाेटा, स्वरुप अाचार्य

काठमाडौँ — काठमाडौंको पेप्सीकोला टाउन प्लानिङमा आइतबार साँझ अपहरण गरिएका ११ वर्षीय बालक निशान खड्काको शव भेटिएको छ । बालकको अपहरणमा संलग्न भएको आरोप लागेका दुई जना प्रहरीसँगको मुठभेडमा मारिएका छन् ।

अपहरणपछि हत्या गरिएका निशान खड्काको शव । तस्बिरः स्वरुप आचार्य

आइतबार साँझ आफ्न डेरा नजिकबाट अपहरणमा परेका बालकको प्रहरीले खोजी गरिरहेको थियो। भक्तपुरकोमध्यपुर थिमी-९ स्थितनगदेशमा बन्दै गरेको घरको प्रांगणमाखाल्डो खनेर गाडेको अबस्थामा बच्चाको शव भेटिएको हो।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले अपहरणकारी खोज्ने क्रममा सूर्यविनायक नगरपालिका-८ सूर्यविनायक गणेस्थान मन्दिरको दक्षिण क्षेत्रमा अवस्थित ज‌ंगलमा भएको मुठभेडको क्रममा मारिएको प्रहरीले जनाएको छ।

मारिनेहरुमा नुवाकोटका २२ वर्षीय गोपाल तामाङ र सिन्धुपाल्चोकका २३ वर्षीय अजय तामाङ रहेका छन्। एक जना शंकास्पद महिला पक्राउ परेको पनि प्रहरीले जनाएको छ।

'अपराधीहरुलाई खोजी गर्ने क्रममा भेटिएकाहरुलाई पक्राउ गर्न खोज्दा भएको मुठभेडमा दुई जना मारिएका छन्' महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख धीरजप्रताप सिंहले भने। उनीहरु साथबाट एउटा पिस्तोल र धम्क्याउन प्रयोग गरेको एउटा सिमकार्ड पनि बरामद गरेको प्रहरीले जनाएको छ।

सिन्धुपाल्चोकको मेलम्ची स्थायी घरभएका खड्का आमाको साथमा बस्थे। उनका बुबा रोजगारीको सिलसिलामा मलेसियामा छन्। उनी स्थानीय एक स्कुलमा ६ कक्षामा अध्ययनरत रहेको बताइएको छ। बेलुका ६ बजे घरबाट निस्किएका बालक फिर्ता नआएपछि उनको खोजि सुरु गरिएको थियो। राति ९ बजे पहिलो पटक अपहरणकारीले फोन गरेर फिरौती माग गरेका थिए।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले दिएको जानकारी अनुसार अपहरणकारीले बालकको परिवारसँग ४० लाख रुपैयाँ माग गरेको छ।

प्रकाशित : श्रावण २१, २०७५ ११:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT