१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

प्रदर्शन सुधार्ने लक्ष्य

कान्तिपुर संवाददाता

काठमाडौँ — साफ यू–१५ गर्ल्स फुटबल च्याम्पियनसिप खेल्न भुटान पुगेको नेपाली टोलीले शनिबार पहिलो खेल खेल्दै छ । प्रतियोगिता बिहीबारै सुरु हुनेछ । उद्घाटन खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाली टोलीकी प्रशिक्षक गंगा गुरुङले नेपालले राम्रो तयारी गरेको बताएकी छन् ।

प्रदर्शन सुधार्ने लक्ष्य

‘हाम्रो तयारी राम्रो भएको छ । अब योजनाअनुसार मैदानमा राम्रो प्रदर्शन गर्ने विश्वास छ,’ प्रशिक्षक गुरुङले थपिन्, ‘हाम्रो समूहका अन्य दुवै टोली राम्रा छन् । हामीले सक्दो प्रयास गरेर नतिजा आफ्नो पक्षमा पार्ने प्रयास गर्नेछौं ।’


टोलीकी कप्तान प्रीति राईले पछिल्लो संस्करणमा पनि खेलेको अनुभव रहेकाले राम्रो नतिजा निकाल्न सक्दो प्रयास गर्ने बताइन् । सन् २०१७ मा आयोजित पहिलो संस्करणमा नेपाली टोली समूहको पुछारमा जितविहीन रहँदै घर फर्केको थियो । त्यसबेला आयोजक बंगलादेशसँग ६–० तथा भारतसँग १०–० ले पराजित नेपालले अन्तिम खेलमा भुटानसँग १–१ को बराबरी खेलेको थियो । चार टोलीसम्मिलित प्रतियोगिताको उपाधि घरेलु टोली बंगलादेशले फाइनलमा भारतलाई १–० ले हराएर जितेको थियो ।


यसपालि दोस्रो संस्करणमा ६ टोलीको सहभागिता छ । नेपाल रहेको समूह ‘बी’ मा बंगलादेश, नेपाल र पाकिस्तान तथा समूह ‘ए’ मा भारत, आयोजक भुटान र श्रीलंका छन् । पहिलो दिन भारत र श्रीलंका तथा बंगलादेश र भुटानबीच प्रतिस्पर्धा हुनेछ ।


नेपालले शनिबार पाकिस्तान र सोमबार बंगलादेशसँग खेल्नेछ । दुवै समूहका शीर्ष दुई टोलीले सेमिफाइनल स्थान बनाउने छन् । फाइनल १८ अगस्टमा हुनेछ ।

प्रकाशित : श्रावण २३, २०७५ २१:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?