१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

केपा महँगा गोलरक्षक

एएफपी

म्याड्रिड — इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले स्पेनिस क्लबबाट गोलरक्षक केपा अर्रिजाबालागालाई भित्र्याउन ८ करोड युरो तिर्ने भएको छ ।

केपा महँगा गोलरक्षक

स्पेनको राष्ट्रिय टोलीबाट एक खेल खेलेका २३ वर्षीय केपालाई अनुबन्धन गर्न चेल्सीले गोलरक्षकका लागि विश्व कीर्तिमानी रकम खर्चने भएको हो । स्पेनिस क्लब बिल्बाओले बुधबार विज्ञप्ति जारी गर्दै चेल्सीले केपाको रिलिज क्लज तिर्न स्विकारेको जनाएको छ । केपा बुधबार नै आवश्यक प्रक्रिया पूरा गर्न इंग्ल्यान्ड प्रस्थान गरिसकेका छन् ।

केपाको आगमनसँगै चेल्सीका नियमित गोलरक्षक थिबाउट कोर्टियसको स्टामफोर्ड ब्रिज छाडेर रियल म्याड्रिड जाने सम्भावना बढेको छ । चेल्सीले ८ करोड युरो खर्चने भएसँगै लिभरपुलले यसै ट्रान्सफर विन्डोमा ब्राजिलियन गोलरक्षक एलिसनलाई अनुबन्धन गर्न तिरेको ७ करोड ५० लाख युरो कीर्तिमान तोडिने भएको छ ।

केपाले एथलेटिक बिल्बाओका लागि पछिल्ला दुई सिजनमा ५३ खेल खेलेका छन् । उनले नोभेम्बर २०१७ मा कोस्टारिकाविरुद्ध ५–० को जितमा खेल्दै राष्ट्रिय टोलीका लागि डेब्यु पनि गरेका थिए । उनले रुसमा सम्पन्न विश्वकपमा पहिलो रोजाइका डेविड डे हेयाको वैकल्पिकमा स्थान बनाए पनि खेल्ने भने पाएनन् ।

प्रकाशित : श्रावण २४, २०७५ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?