म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोसे मोउरिन्हो ट्रान्सफर विन्डोमा आफूले चाहेको खेलाडी प्राप्त नगरेपछि टोलीको प्रदर्शनबारे चिन्तित देखिएका छन् । शुक्रबार इंग्लिस प्रिमियर लिगको उद्घाटन खेलमा लेस्टर सिटीको सामना गर्नुअघि मोउरिन्होले नयाँ खेलाडी नहुँदा स्थिति कठिन रहेको बताएका हुन् ।
लेस्टर सिटीका प्रशिक्षक क्लाउड पुयलले लगातार ट्रान्सफरको हल्ला आए पनि डिफेन्डर ह्यारी मगायरको व्यवहारलाई प्रशंसा गरेका छन् । ब्रिटिस सञ्चारमाध्ययमले जनाएअनुसार म्यानचेस्टर युनाइटेडले मगायरलाई अनुबन्धन गर्न विश्व कीर्तिमानी रकम खर्च गर्ने तयारी गरेको थियो ।
सेप्टेम्बरमा हुने एसीसी यू–१९ एसिया कप तथा त्यसअघिको सम्भावित भारत भ्रमणका लागि नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टोलीको प्रारम्भिक टोलीको खुला छनोट हुने भएको छ । प्रशिक्षक विनोद दासले साउन २८ देखि ३० सम्म खुला छनोट गर्दै प्रारम्भिक टोलीमा पर्ने सम्भावना बोकेका प्रतिभाको छनोट गर्ने बिहीबार जानकारी गराए ।
नेपाली राष्ट्रिय टोली र अफगानिस्तानबीच पहिलोपल्ट अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल हुने भएको छ । नेपालसँग खेल्न सन् २०१३ को साफ च्याम्पियन अफागनिस्तान तयार रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
‘ज्ञानेन्द्र मल्ल जब लयमा हुन्छन्, तब उनको कलात्मक स्ट्रोकबाट सबैभन्दा धेरै आनन्द उठाउने अरु कोही नभएर नन स्ट्राइकमा रहने उनकै जोडी हुन्छ ।’ १२ वर्ष बितिसकेको छ नेपालका पूर्व ओपनर परेश लोहनीले ज्ञानेन्द्रको ‘डेब्यु’ खेललाई लिएर यसो भनेको पनि ।
साफ यू–१५ गल्र्स फुटबल च्याम्पियनसिप खेल्न भुटान पुगेको नेपाली टोलीले शनिबार पहिलो खेल खेल्दै छ । प्रतियोगिता बिहीबारै सुरु हुनेछ । उद्घाटन खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाली टोलीकी प्रशिक्षक गंगा गुरुङले नेपालले राम्रो तयारी गरेको बताएकी छन् ।