कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

भक्तपुर जिल्लाव्यापी यु-१६ फुटसल गोलकपको उपाधि जनप्रेमीलाई

कान्तिपुर संवाददाता

भक्तपुर — भक्तपुर जिल्लाव्यापी यु-१६ फुटसल गोलकप प्रतियोगिताको उपाधि कौशलटारमा रहेको जनप्रेमी स्कुलले उचालेको छ । 

भक्तपुर जिल्लाव्यापी यु-१६ फुटसल गोलकपको उपाधि जनप्रेमीलाई

युवाको साथसाथ आवाज नेपाले आयोजना गरेको उक्त फुटसल प्रतियोगितामा ३२ टिमले सहभागिता जनाएका थिए । फाइनलमा मोर्डन स्कुल भक्तपुरलाई टाइब्रेकरमा २-० ले हराउँदै जनप्रेमी च्याम्पियन बन्न सफल भएको हो ।


बुधबार दिउँसो भएको फाइनलमा निर्धारित समयमा दुवै स्कुलले १-१ गोल गर्दै खेल बराबरी गरेका थिए । खेल बराबरीमा सकिएपछि भएको टाइब्रेकरमा जनप्रेमीले मोर्डनलाई २-०ले हराउन सफल भयो ।


विजेताले नगद १५ हजार, उपविजेताले १० हजार र तेस्रो हुने टिमले ५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।


प्रतियोगिताको उत्कृष्ट खेलाडी जनप्रेमीका सुगम खड्का भए ।

प्रकाशित : श्रावण २५, २०७५ १३:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?