नेपाली यू–२३ टोली पराजित 

कान्तिपुर संवाददाता

काठमाडौँ — एसियाड तयारीका लागि थाइल्यान्ड भ्रमणमा रहेको नेपाली यू–२३ राष्ट्रिय फुटबल टोलीले शुक्रबार थाई यू–२३ राष्ट्रिय टोलीसँग ४–० को हार बेहोरेको छ ।

नेपाली यू–२३ टोली पराजित 

पछिल्लो खेलमा पुलिस टेरोसँग १–० ले पराजित नेपाली टोलीले पहिलो हाफको मध्यतिर पहिलो गोल खाएको थियो । दोस्रो हाफमा घरेलु टोलीले तीन गोल थप्यो ।

नेपाली टोली आइतबार एसियाडका लागि इन्डोनेसिया जानेछ । नेपालसम्मिलित समूह ‘डी’ मा जापान, पाकिस्तान र भियतनाम छन् । नेपालले अगस्ट १४ मा जापान, १६ मा भियतनाम र अगस्ट १९ मा पाकिस्तानसँग खेल्नेछ । ।

प्रकाशित : श्रावण २५, २०७५ २०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?