इंग्ल्यान्ड बलियो स्थितिमा

एएफपी

लन्डन — जोनी बेरेस्टो र टेस्टमा पहिलो शतक बनाएका क्रिस वोक्सले बलियो साझेदारी गरेपछि इंग्ल्यान्डले लर्डसमा जारी भारतविरुद्धको दोस्रो टेस्ट नियन्त्रणमा लिएको छ ।

इंग्ल्यान्ड बलियो स्थितिमा

तेस्रो दिन चियापछिको पछिल्लो स्थितिमा इंग्ल्यान्डले ५ विकेट गुमाई ३ सय १४५ रन बनायो । टोलीले २ सय ८ रनको अग्रता लियो ।

पहिलो दिन वर्षाले एक बल पनि फाल्न दिएन । दोस्रो दिन भारतलाई १ सय ७ रनमा अलआउट गरेपछि इंग्ल्यान्डले ८९ रन बनाउँदा ४ विकेट गुमाइसकेको थियो । बेरेस्टो र वोक्सले अविजित १ सय ८४ रनको साझेदारी गरेपछि इंग्ल्यान्ड बलियो बनेको हो ।

बेरेस्टो ९३ र वोक्स १ सय ५ रन बनाई क्रिजमा छन् । १ सय ४३ बल खेलेका बेरेस्टोले १२ चौका र वोक्सले १ सय ४३ बल खेल्दै १५ चौका प्रहार गरिसके । यसअघि ओपनर किटन जेनिङ्स ११ रन बनाई मोहम्मद सामीको बलमा एलबीडब्लु आउट भए । सामीले इंग्ल्यान्डका कप्तान जो रुटलाई पनि १९ रनमा आउट गरे । त्यसअघि इशान्त शर्माले अर्का भेट्रान ओपनर एलिस्टर कुकलाई २१ रनमा पेभेलियन फर्काए । ‘डेब्यु’ गरिरहेका ओलिभ पोपलाई २८ रनमा हार्दिक पाण्डेयले एलबीडब्लु आउट गरे ।

इंग्ल्यान्डको इनिङ्समा एलबीडब्लु आउट हुने जोस बटलर अर्का खेलाडी थिए । २२ बलमा ४ चौका प्रहार गरी २४ रन बनाएका उनलाई सामीले आउट गरे ।

वर्षाले प्रभावित खेलमा जेम्स एन्डरसनले ५ विकेट लिँदै भारतलाई धराशायी बनाए । वोक्सले २ तथा स्टुवार्ट बोर्ड र साम करानले १–१ विकेट लिए । रविचन्द्रन आश्विनले भारतबाट सर्वाधिक २९ रन बनाए । त्यस्तै कप्तान विराट कोहलीले २३, अजिन्क्या रहानेले १८ र पाण्डेयले ११ रन जोडे । सामी १० रनमा नटआउट रहे ।

प्रकाशित : श्रावण २७, २०७५ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?