आयोजकको भेट रेडहर्ससँग

पाथीभरा गोल्डकप
कान्तिपुर संवाददाता

ताप्लेजुङ — सदरमुकाम फुङलिङमा भदौ ८ देखि हुने पाथीभरा गोल्डकप फुटबलको पहिलो खेलमा आयोजक कञ्चनजंघा फुङलिङ क्लब ताप्लेजुङले रेडहर्स इलामसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

आयोजकको भेट रेडहर्ससँग

आयोजक लाखेजात्रा खेल सञ्चालक समितिले सोमबार खेलतालिका सार्वजनिक गरेअनुसार भदौ ९ मा फिदिम स्पोर्टिङ क्लब पाँचथरको भेट ताप्लेजुङकै कर्णसिंह सोनाम क्लबसँग हुनेछ । भदौ १० मा रेडहर्स झापा र पहिलो खेलको विजेताबीच खेल हुनेछ । भदौ ११ मा दोस्रो दिनको विजेतासँग न्यु स्टार झापाले खेल्नेछ । भदौ १२ मा सिक्किम युनाइटेड खर्साङ र राष्ट्रिय जागृति क्लब सुनसरीबीच प्रतिस्पर्धा हुनेछ ।

भदौ १३ मा डिफेन्डिङ च्याम्पियन चर्च ब्वाइज क्लब काठमाडौंले एम्ब्रोज क्लब मोरङविरुद्ध सेमिफाइनल पुग्नका लागि प्रतिस्पर्धा गर्नेछ । भदौ १४ देखि सेमिफाइनल हुने आयोजक अध्यक्ष मोती पतंवाले बताए । फाइनल भदौ १८ मा हुनेछ ।

भानुजन माविको मैदानमा हुने प्रतियोगिता विजेताले २ लाख ५१ र उपविजेताले १ लाख ११ हजार रुपैयाँ प्राप्त गर्नेछन् । म्यान अफ द म्याच हुनेले ५ हजार पाउने छन् । प्रतियोगितालाई मैदान सम्याउने, प्यारापिट बनाउने, मञ्च व्यवस्थापन गर्ने लगायतका काम तीव्र गतिमा भइरहेको आयोजकले जनाएको छ ।

प्रकाशित : श्रावण २९, २०७५ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?