१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

नेपाल उपविजेता बन्दै सेमिफाइनलमा

कान्तिपुर संवाददाता

काठमाडौँ — साबिक विजेता बंगलादेशसँग सोमबार ३–० को हार बेहोर्दै नेपाल समूह ‘बी’ को उपविजेता भएर साफ यू–१५ गल्र्स च्याम्पियनसिपको सेमिफाइनल पुगेको छ ।

नेपाल उपविजेता बन्दै सेमिफाइनलमा

भुटानको थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा पहिलो हाफमा प्रतिस्पर्धात्मक खेलमा नेपालले दोस्रो हाफको सुरुआतबाटै लय गुमाएपछि नेपाल पराजित भएको थियो ।

पहिलो हाफको अतिरिक्त समयको पहिलो मिनेटमा तोहुरा खातुनले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाइन् । ५१ औं मिनेटमा मारिया मन्दाले अग्रता दोब्बर बनाइन् । ६७ औं मिनेटमा नेपालको फितलो डिफेन्सको फाइदा उठाउँदै साजेदा खातुनले तेस्रो गोल थपिन् ।

त्यसअघि समूह ‘ए’ को खेलमा भारतले आयोजक भुटानलाई १–० ले पराजित गर्दै समूहको शीर्षस्थान पक्का गर्‍यो । कप्तान सिल्की देवीले दोस्रो हाफमा गरेको गोल नै जितका लागि पर्याप्त रहयो । बिहीबार हुने सेमिफाइनलमा नेपालले भारत तथा भुटानले बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछन् । फाइनल र तेस्रो स्थानको खेल शनिबार हुनेछ ।

प्रकाशित : श्रावण २९, २०७५ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?