कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मेसीको कप्तानीमा बार्सिलोना च्याम्पियन

एएफपी

टान्जियर, मोरक्को — नवनियुक्त कप्तान लियोनल मेसीको नेतृत्वमा बार्सिलोनाले सेभियालाई २–१ ले पराजित गर्दै आइतबार सिजनको पहिलो उपाधि स्पेनिस सुपर कप जितेको छ ।

मेसीको कप्तानीमा बार्सिलोना च्याम्पियन

एक गोलले पछाडि परेको स्थिति उल्टाउँदै बार्सिलोनाले १३ औं पटक सुपर कप हात पारेको हो । पछिल्लो ९ सिजनमा यो बार्सिलोनाको छैटौं सुपर कप उपाधि पनि हो ।

सेभियाका विसाम बेन येड्डरले निर्धारित समयको अन्तिम मिनेटमा प्राप्त पेनाल्टी सदुपयोग गर्न नसक्दा बार्सिलोनाको उपाधि पक्का भएको थियो । खेलको नवौं मिनेटमा पाब्लो सराबियाले सेभियालाई अग्रता दिलाए । तर पहिलो हाफ सकिन तीन मिनेट बाँकी रहँदा जेरार्ड पिकेले बराबरी गोल फर्काए । ७८ औं मिनेटमा ओस्मान डेम्बेलेले २५ यार्ड टाढाबाट गोल गर्दै बार्सिलोनालाई अगाडि बढाए ।

खेलको अन्तिम समयमा बार्सिलोनाका गोलरक्षक मार्क आन्द्रे टेर स्टेगनले एलेक्स भिडाललाई लडाएपछि सेभियाले पेनाल्टी पाएको थियो । तर टेर स्टेगनले गल्ती सुधार्दै बेन येड्डरको फितलो प्रहार सहजै बचाउ गरे । बार्सिलोनाले गत सिजन लिग र कोपा डेल रे दुवै जितेका कारण सेभिया उपविजेताका रूपमा छनोट भएको थियो ।

प्रकाशित : श्रावण २९, २०७५ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?