कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सिटीको प्रभावशाली जित

इंग्लिस प्रिमियर लिग
एएफपी

लन्डन — डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग उपाधि रक्षाको सुरुआतमा आर्सनलमाथि २–० को जित रच्दै आइतबार उनाई इमरेको युग प्रारम्भलाई खराब बनाइदिएको छ ।

सिटीको प्रभावशाली जित

पेप ग्वार्डिओलाको टिमले पछिल्लो सिजन कीर्तिमान १ सय अंक बनाएर उपाधि जितेको थियो । उनको टिमले इमिरेट्स रंगशालामा चाँडै लय समात्यो ।

रहिम स्टर्लिङले उत्कृष्ट फिनिसिङ गर्दै पहिलो हाफको सुरुमै सिटीलाई अग्रता दिलाए । बर्नाडो सिल्भाले लोभलाग्दो गोल गर्दै सिटीलाई सफलता दिलाएर उपाधि होडमा उसका प्रतिद्वन्द्वीहरूलाई चेतावनी दिए । म्यानचेस्टर युनाइटेडले सन् २००८–०९ मा उपाधि रक्षा गरेयता कुनै पनि टिमले ट्रफी जोगाउन सकेको छैन ।

तर, आनन्ददायी प्रदर्शनको घटनाले सिटीले आफ्ना प्रतिद्वन्द्वीहरूलाई पन्छाएर उपलब्धि हात पार्ने सम्भावना देखायो । सिटीले पछिल्लोपल्ट जहाँ छाडेको थियो, त्यहींबाट लय समात्यो । आर्सनलविरुद्ध धेरै नै राम्रो स्तर देखाइदियो । घरेलु टिमका केही खतरनाक क्षण पनि उसले सजिलै पन्छाइदियो ।

‘हामीले उच्चस्तरमा खेल्यौं । हामीले धेरै अवसर सिर्जना गर्‍र्यौं । हामी धेरै कारणका लागि सन्तुष्ट छौं,’ ग्वार्डिओलाले भने, ‘पहिलो हाफमा हामी दुई वा तीन गोललाई योग्य थियौं ।’ सिटीको उत्कृष्ट खेलको सामना गर्दै आर्सनलका व्यवस्थापक इमरेले गनर्समा आर्सेन वेंगरबिनाको जीवन सुरु गरे । वेंगरबिना आर्सनललले सेप्टेम्बर १९९६ यता पहिलोपल्ट प्रतिस्पर्धात्मक फुटबल खेलेको हो ।

सिटीभन्दा ३७ अंक पछाडि परेर प्रिमियर लिग छैटौं स्थानमा टुंग्याएपछि फ्रान्सेली वेंगरले सिजन अन्त्यसँगै जिम्मेवारी छाडेका थिए । त्यसपछि इमरेलाई बोलाइएको थियो । यी स्पेनी प्रशिक्षकलाई क्लबको पुरानो छवि फर्काउन केही समय आवश्यक हुने देखिएको छ । आर्सनलले सिटीविरुद्ध आफ्नो खेलमा केही तल्लो स्तर देखाएको थियो ।

‘हामी आफ्नो उत्कृष्ट खेल देखाउन चाहन्थ्यौं तर पहिलो हाफ हामीले चाहेजस्तो खेल्न सकेनौं । हाफ टाइममा थप जिम्मेवारी लिनेबारे हामीले बोलेका थियौं,’ इमरेले भने ।

ग्वार्डिओलाले केभिन डे ब्रुयन र लेरोय सानेसहित खेल सुरु गरेका थिए । उनले स्टर्लिङलाई फेरि बोलाए र अल्जेरियन विंगर रियाद महारेजलाई पनि डेब्यु गराए । ग्वार्डिओलाको मुख्य स्थानान्तरणका रूपमा रहेका महारेज लेस्टर सिटीबाट आएका हुन् ।

प्रकाशित : श्रावण २९, २०७५ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?