एथलेटिक्सको बिदाइ

कान्तिपुर संवाददाता

काठमाडौँ — एसियाली खेलकुदमा सहभागी हुने एथलेटिक्स खेलाडीलाई मंगलबारै नेपाल एथलेटिक्स संघले बिदाइ गरेको छ ।

एथलेटिक्सको बिदाइ

अगस्ट २५ र २७ मा जकार्तामा हुने एथलेटिक्स प्रतिस्पर्धामा नेपालका ४ पुरुष र २ महिलाले भाग लिने छन् । पुरुषमा यामसाजन सुनार, सोमबहादुर कुमाल, गोपीचन्द्र पार्की र कृष्ण बस्नेत छन् । महिलामा विश्वरुपा बुढा र सरस्वती भट्टराई छन् ।


खेलाडीलाई पोसाक खर्चवापत राष्ट्रिय खेलकुद परिषद्ले उपलब्ध गराएको रकम पनि प्रदान गरिएको थियो । संघका अध्यक्ष राजीवविक्रम शाहले खेलाडीलाई जनही १० हजार नगद र ट्रयाकसुट हस्तान्तरण गरे ।

प्रकाशित : श्रावण ३०, २०७५ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?