कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

सुटिङमा तीन खेलाडी

कान्तिपुर संवाददाता

काठमाडौँ — आसन्न १८ औं एसियाली खेलकुदअन्तर्गत सुटिङमा भाग लिन ६ सदस्यीय नेपाली टोली बुधबार पालेम्बाङ गएको छ । एसियाड आयोजना हुने इन्डोनेसियाको दुई सहरमध्ये पालेम्बाङ पनि हो । अर्को राजधानी सहर जकार्ता हो ।

सुटिङमा तीन खेलाडी

अगस्ट १९ र २० मा हुने सुटिङमा नेपालले दुई महिला र एक पुरुष खेलाडीलाई सहभागिता गराउँदै छ । सुस्मिता नेपाल र कल्पना परियार र पुरुषमा सुसे चौधरी छन् । उनीहरूले व्यक्तिगत १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछन् । यसपालि मिक्स टिममा पनि नेपालले भाग लिनेछ । मिक्समा १–१ महिला/पुरुष खेलाडी प्रतिस्पर्धी बन्नेछन् । परिवर्तित नियमका कारण यसपालिदेखि महिला/पुरुष दुवैले ६०० सय पूर्णांकमा खेल्नुपर्नेछ । यसअघि महिलाले ४०० पूर्णांकमा प्रतिस्पर्धा गर्थे । मिक्समा ८०० पूर्णांकमा प्रतिस्पर्धा हुनेछ । जसमा महिलाले ४० र पुरुषले ४० शट हान्ने छन् ।


एसियाडलाई छनोट खेलाडीमध्ये सुस्मिताले मात्र एउटा अन्तर्राष्ट्रिय प्रतियोगिताका अनुभव बटुलेकी छन् । कल्पना र सुसे दुवैको पहिलो वैदेशिक सहभागिता हो । सुस्मिताले जापानको वाकोसिटीमा १० औं एसियन एयर गन च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेकी थिइन् । सुटिङ खेलाडीहरू स्वदेशमै प्रशिक्षणरत रहे । पूर्वाधार पुनर्निर्माणका कारण प्रशिक्षणमा केही कठिनाइ भोग्नुपरेको प्रशिक्षक प्रदीप खातीले सुनाए । उनले वैदेशिक प्रशिक्षणलाई कुवेतमा समय पाए पनि छोटो भएकाले नगएको बताए । उनले भने, ‘कम्तीमा पनि दुई महिना जति ट्ेरनिङ गर्न पाएमात्र हुन्छ, नत्र सुटिङको तयारी राम्रो हुनसक्दैन ।’


एसियाडमा एमक्युएस (न्युनतम छनोट स्कोर) अन्तर्गत ६ सय पूर्णांकमा ५ सय ७० अंक प्राप्त गरे ओलम्पिकमा सहभागी हुन ‘वाइल्ड कार्ड’ लाई आवेदन दिन पाइने नेपाल सुटिङ संघले जनाएको छ । प्रशिक्षकमा शकुन्तला श्रेष्ठ र व्यवस्थापकमा ध्रुवबहादुर रायमाझी छन् । मुख्य प्रशिक्षक प्रदीप खातीले एसियाडमा जुरीको भूमिका खेल्ने छन् । सन् १९८२ को दिल्ली एसियाडदेखि सुटिङमा नेपालको सहभागिता रहँदै आएको छ । एसियाडमा भगवती केसीको ३८८ स्कोर नै उत्कृष्ट प्रदर्शन हो ।

प्रकाशित : श्रावण ३०, २०७५ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?