१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

क्रिकेटमा राष्ट्रपतिको चासो

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार वान–डे अन्तर्राष्ट्रिय क्रिकेट खेलेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शीतल निवासमा भेट गरी बधाई दिएकी छन् । नेदरल्यान्ड्सविरुद्धको दुई खेलको शृंखलामा नेपालले दोस्रोमा जित हात पार्दै शृंखला बराबरी गरेको थियो ।

क्रिकेटमा राष्ट्रपतिको चासो

राष्ट्रपति भण्डारीले आफूले क्रिकेटलाई नजिकबाट नियालिरहेको सुनाउँदै सम्भावना बोकेका खेललाई बढी मलजल गरी फल प्राप्त गर्नेतर्फ सरोकार निकायले चासो दिनुपर्ने धारणा व्यक्त गरिन् ।


क्रिकेटको समस्या समाधान गर्न आफ्नो तर्फबाट आवश्यक परे सक्दो सहयोग गर्न तयार रहेको राष्ट्रपतिले बताइन् । ‘क्रिकेट समस्या समाधान गर्न आवश्यक परे मेरो तर्फबाट सहयोग हुन्छ । यो मेरो इच्छा हो, आश्वासन होइन । किनकि म खेलकुद विकास भएको हेर्न चाहन्छु ।’


उनले खेलकुदलाई विद्यालय तहदेखि नै विकास गर्नुपर्ने आवश्यकता औंल्याउँदै क्रिकेट टोलीको प्राप्त उपलब्धिबारे प्रशंसा गरिन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले सीमित स्रोत र साधनका बावजुद क्रिकेट टोलीले हासिल गरेको सफलता सराहनीय भएको बताए ।


सदस्य–सचिव विष्टले मुलपानी क्रिकेट रंगशालाको जग्गा मुआब्जाको समस्या क्याबिनेटबाट सम्बोधन भइसकेको जानकारी गराउँदै छिटै आईसीसीबाट क्रिकेटको निलम्बन फुकुवा हुने बताए ।


क्रिकेटका मुख्य प्रशिक्षक जगत टमाटाले धेरै संघर्षपछि क्रिकेटले अहिलेको सफलता पाएको बताउँदै यसमा धेरैको योगदान रहेको सुनाए ।

प्रकाशित : श्रावण ३०, २०७५ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?