पाथीभरा गोल्डकपको बढ्यो पुरस्कार

कान्तिपुर संवाददाता

ताप्लेजुङ — पाथीभरा गोल्डकप फुटबलको पुरस्कार राशि बढाइएको छ । लाखेजात्रा खेल सञ्चालक समितिको बैठकले उपाधि विजेतालाई ३ लाख १ हजार १ सय ११ र उपविजेतालाइ १ लाख ५१ हजार १ सय ११ रुपैयाँ दिने निर्णय गरेको हो ।

पाथीभरा गोल्डकपको बढ्यो पुरस्कार

यसअघि २ लाख ५१ हजार र १ लाख ११ हजार दिने जनाइएको थियो । गोल्डकप भदौ ८ देखि सुरु हुनेछ । हरेक खेलका म्यान अफ द म्याचले ५ हजार पाउने छन् । विधागत उत्कृष्टले १० हजार पाउने छन् ।

पहिलो खेलमा कञ्चनजंघा स्पोर्टिङ क्लब ताप्लेजुङ र रेडहर्स क्लब इलामबीच प्रतिस्पर्धा हुनेछ । फाइनल भदौ १६ मा हुनेछ ।

आयोजकले एक पटकमा आठ हजारले अवलोकन गर्न सक्ने गरी प्यारापिट निर्माण गरेको छ । मैदानको पश्चिम, दक्षिण र पूर्वी भागमा अस्थायी प्यारापिट बनाइने छ । दर्शकको चाप बढेपछि ४ वर्षदेखि अस्थायी प्यारापिट बनाउन थालिएको हो । लाखेजात्राका अवसरमा २०२९ सालदेखि प्रतियोगिता हुँदै आएको छ । २०७४ सालदेखि पाथीभराको समेत प्रचार गर्ने उद्देश्यले पाथीभरा गोल्डकप बनाइएको हो ।

प्रकाशित : श्रावण ३१, २०७५ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?