२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

नेपाल भारतसँग २-१ ले पराजित 

कान्तिपुर संवाददाता

काठमाडौँ — साफ यू-१५ गर्ल्स च्याम्पियनसिपको सेमिफाइनलमा भारतले नेपाललाई २-१ ले पराजित गरेको छ । भारतले ३१ औं मिनेटमा लिन्डा कोमको गोलमा सुरुआती अग्रता बनाएको थियो ।

नेपाल भारतसँग २-१ ले पराजित 

त्यसको ६ मिनेट नबित्दै रजनी ठोकरले नेपालका लागि बराबरी गोल फर्काइन् ।


भारतका लागि ५८ औं मिनेटमा क्रितिना देवीले गोल गर्दै पुन: अग्रता दिलाइन् । नेपालले अब शनिबार तेस्रो स्थानको खेलमा दोस्रो सेमिफाइनलमा पराजित हुने टोलीसँग खेल्नेछ । दोस्रो सेमिफाइनलमा भुटान र बंगलादेश बुधबारै भिड्दैछन् ।

प्रकाशित : श्रावण ३१, २०७५ १८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?