कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाल भियतनामसँग पराजित

कान्तिपुर संवाददाता

काठमाडौँ — इण्डोनेसियामा जारी १८औँ एसियन गेम्सअन्तर्गत बिहीबार भएको खेलमा नेपाल भियतनामसँग २–० ले पराजित भएको छ । 

नेपाल भियतनामसँग पराजित

स्थानीय विभाहा मुक्ति रङ्गशालामा बिहीबार साँझ सम्पन्न खेलमा भियतनामका लागि एन न्युजेमले खेलको ३०औँ मिनटेमा गोल गर्दै अग्रता दिलाएका थिए । त्यस्तै ६२औँ मिनेटमा भान डक फानले गोल गर्दै अग्रता दोब्बर बनाए । त्यसपछि खेलमा दुवैतर्फबाट गोल भएन र खेल भियतनामले जत्यो ।


पहिलो खेलमा नेपाल गत मङ्गलबार जापानसँग १–० ले पराजित भएको थियो । समूह ‘डी’ मा रहेको नेपालले समूहचरणको अन्तिम खेल आगामी आइतबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने अखिल नेपाल फूटबल संघ(एन्फा)ले जनाएको छ । यस प्रतियोगिताको औपचारिक उद्घाटन भने भदौ २ गते हुँदैछ ।

प्रकाशित : श्रावण ३१, २०७५ २१:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?