कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

रहेनन् वाडेकर

एएफपी

मुम्बई — इंग्ल्यान्ड र वेस्ट इन्डिजमा भारतलाई पहिलो टेस्ट सिरिज जित दिलाउने अजित वाडेकरको बुधबार राति ७७ वर्षमा निधन भएको छ ।

रहेनन् वाडेकर

प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार वाडेकर लामो समयदेखि बिरामी थिए र उनको अस्पतालमा निधन भएको थियो । सन् १९७१ मा इंग्ल्यान्ड र वेस्ट इन्डिजविरुद्ध जित निकालेका पूर्व ब्याट्सम्यान वाडेकरले ३७ टेस्ट खले र त्यसमा २ हजार १ सय १३ रन बनाए । उनको नाममा एक शतक छ ।

सामाजिक सञ्जालमा उनीप्रति धेरैले श्रद्धाञ्जलि व्यक्त गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै वाडेकर महान् ब्याट्सम्यान र उत्कृष्ट कप्तान भएको बताएका छन् । भारतीय प्रशिक्षक रवि शास्त्रीले पनि श्रद्धाञ्जलि व्यक्त गर्दै उनको निधनलाई भारतीय क्रिकेट इतिहासका लागि दु:खद रहेको बताए ।

वाडेकर भारतका पहिलो वान डे कप्तान हुन् । सन् १९९० तिर मोहम्मद अजहरूद्दिन कप्तान रहँदा उनी भारतीय टिमका व्यवस्थापक पनि थिए । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले पनि उनको उच्च प्रशंसा गर्दै शोक व्यक्त गरेको छ । वाडेरकले विभिन्न अवसरमा भारतीय छनोटकर्ताका रूपमा पनि काम गरे । ‘निकै दु:ख मान्दै हामीले वाडेकरलाई बिदाइ गरेका छौं । उनले लामो समय फरकफरक भूमिकामा भारतीय क्रिकेटको सेवा गरे,’ बोर्डले लेखेको छ ।

प्रकाशित : भाद्र १, २०७५ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?