१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

ज्ञानेन्द्र सिटिजन्सको ब्रान्ड एम्बासडर

काठमाडौँ — नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ललाई सिटिजन्स बैंकले शुक्रबार ब्रान्ड एम्बासडर (सद्भावना दूत) बनाएको छ ।

ज्ञानेन्द्र सिटिजन्सको ब्रान्ड एम्बासडर

बैंकले आफ्नो ब्रान्ड प्रवद्र्धनका लागि ज्ञानेन्द्रलाई एक वर्षका लागि अनुबन्धन गरको हो । सम्झौता सकिएपछि अर्को वर्ष थप हुने सम्भावना पनि रहेको बैंकले बताएको छ ।

उपकप्तान मल्ल पछिल्लो साता नेदरल्यान्ड्सविरुद्ध भएको नेपालको पहिलो एकदिवसीय अन्तर्राट्रियमा अर्धशतक बनाउने पहिलो खेलाडी बनेका थिए । विगत १२ वर्षदेखि राष्ट्रिय टोलीमा निरन्तर खेलिरहेका मल्लले कर्पोरेट क्षेत्र खेलकुदमा लागे विकासमा सहयोग पुग्ने बताए । ‘खेलकुद अगाडि बढ्न कर्पोरेट क्षेत्रको ठूलो भूमिका हुन्छ । हामी खेलाडीले मैदानभित्र आफ्नो उत्कृष्ट प्रदर्शन गर्न मैदानबाहिर ढुक्क रहेको अवस्था हुनुपर्छ । सिटिजन्स बैंकले यसअघि पनि खेलकुदमा आबद्धता जनाउँदै आएको छ र अहिले आफैं यसको हिस्सा बन्न पाउँदा खुसी छु,’ ज्ञानेन्द्रले भने ।

ब्याडमिन्टनकी नङसल देवी तामाङलाई खेलबाटै जागिर हुँदै अहिले स्थायी नियुक्ति दिएको सिटिजन्सले बर्सेनि टेनिस प्रतियोगिता पनि गर्दै आएको छ । यसबाहेक पनि बैंकले खेलकुदका विभिन्न प्रतियोगितामा सहयोग पुर्‍याउँदै आएको बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले बताए ।

उनले राष्ट्रिय टोलीका उपकप्तानलाई बैंकसँग जोड्न पाउँदा संस्थाको लोकप्रियता तथा व्यावसायिकता अभिवृद्धिमा मदत पुग्ने बताए । शुक्रबार नै बैंकले मल्लको उपस्थितिमा बैंकको नयाँ कार्यक्रम ‘मेरो सिटिजन्स बाचक खाता’ को शुभारम्भ गर्‍यो ।

प्रकाशित : भाद्र २, २०७५ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?