कोहलीको उत्कृष्ट ब्याटिङ

एएफपी

नटिङघम — कप्तान विराट कोहली र उपकप्तान अजिंक्या रहानेले उत्कृष्ट ब्याटिङ गरेपछि भारतले इंग्ल्यान्डविरुद्धको तेस्रो टेस्टमा राम्रो सुरुआत गरेको छ ।

कोहलीको उत्कृष्ट ब्याटिङ

पहिलो दुई टेस्ट हारेर पाँच खेलको शृंखलामा पछाडि परिसकेको भारतले पहिलो दिनको खलेको ७६ ओभरको समाप्तिमा ५ विकेट गुमाई २ सय ७९ रन बनाएको छ ।

कोहली ९७ रन बनाएर ७६ औं ओभरको अन्तिम बलमा आदिल रसिदको सिकार बने । १ सय ५२ बल खेलेका भारतीय कप्तानले ११ चौका प्रहार गरे । कोहली रसिदको बलमा कभरको दिशामा शट खेल्ने प्रयासमा स्लिपमा बेन स्टोक्सको हातबाट समातिएका हुन् ।

चेतेश्वर पुजारालाई क्रिस वोक्सले १४ रनमा आउट गरे पनि भारत भोजन समयमा ८२–३ को स्थितिमा पुगेको थियो । त्यसलाई कोहली र रहानेले चिया समयसम्म १८९–३ को स्थितिमा ल्याउँदै दोस्रो सत्रमा इंग्ल्यान्डका बलरलाई निराश बनाएका थिए ।

रहाने ८१ रन बनाई स्टुवार्ट ब्रोडको बलमा आउट भए । १ सय ३१ बल खेलेका रहानेले १२ चौका प्रहार गरे । उनले कोहलीसँग चौथो विकेटमा १ सय ५९ रनको साझेदारी गरेका थिए । यसअघि बिहानको सत्रमा इंग्ल्यान्डका तीव्र बलर वोक्सले ओपनरद्वय शिखर धवनलाई ३५ रनमा र केएल राहुललाई १४ रनमा आउट गरेका थिए । धवन र राहुलले पहिलो विकेटका लागि ६० रन जोडेका थिए । धवनलाई अघिल्लो टेस्ट खेलेका मुरली विजयको स्थानमा खेलाइएको छ ।

प्रकाशित : भाद्र ३, २०७५ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?