कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टोटेनहमको सहज जित

एएफपी

लन्डन — तोकिएको समयमै नयाँ मैदानमा खेल्न नपाएको विवादलाई पन्छाउँदै टोटेनहम हट्सपरले वेम्बली मैदानमा शनिबार फुलहमलाई ३–१ ले पराजित गरेको छ ।

टोटेनहमको सहज जित

ह्यारी केनले अगस्ट महिनाको गोल खडेरी तोडेपछि टोटेनहमको सहज जित सम्भव भएको थियो ।

खेलको सुरुआतदेखि नै दबाब बनाएको टोटेनहमका लागि लुकास मौराले पहिलो हाफ सकिन लाग्दा उत्कृष्ट फिनिस गर्दै अग्रता बनाएका थिए । दोस्रो हाफमा फुलहम एलेक्जेन्डर मित्रोभिचको गोलमा खेलमा फर्कियो ।

डिफेन्डर काइरान ट्रिपिएरले फ्रिकिकमा दर्शनीय गोल गर्दै टोटेनहमलाई फेरि अग्रता दिलाए । त्यसको केही क्षणमै ७७ औं मिनेटमा केनले एरिक लामेलाको पासको सदुपयोग गर्दै जित पक्का गरे ।एभरटनले नवनियुक्त प्रशिक्षक मार्को सिल्भाको नेतृत्वमा गरेको सुधार कायम राख्दै साउथ ह्याम्पटनलाई २–१ ले पराजित गर्‍यो । थियो वाल्कटले सुरुआती अग्रता दिलाएको केहीबेरमै रिचार्लिन्सनले दोस्रो गोल थपे ।

उनले पछिल्लो साता वल्भ्सविरुद्ध २ गोल गरेका थिए । साउथह्याम्पटनका लागि ड्यानी इङ्सले गोल फर्काए पनि नतिजा हासिल गर्न सकेन । वेस्ट ह्यामले बर्नमाउथसँग २–१ को पराजय बेहोर्दा १० खेलाडीमा सीमित लेस्टरले नवप्रवेशी वल्भ्सलाई २–० ले हरायो ।

त्यसअघि कार्डिफ सिटीका गोलरक्षक नील एथेरिजले इन्ज्युरी समयको अन्तिम मिनेटमा पेनाल्टी बचाएपछि न्युकासल युनाइटेड गोलरहित बराबरीमा रोकियो । केनेडीको पेनाल्टीलाई एथेरिजले विफल तुल्याउँदै घरेलु टोली कार्डिफलाई महत्त्वपूर्ण अंक दिलाए । न्युकासलका आइज्याक हेडन

दोस्रो हाफमा रातो कार्ड खाँदै बाहिरिएका थिए । चेल्सीबाट लोनमा आएका केनेडीका लागि भने शनिबारको खेल सुखद रहेन । खेलको पहिलो हाफमा एउटा पनि पास दिन नसकेका उनले दोस्रो हाफमा कार्डिफका भिक्टर कामरासालाई डरलाग्दो फल हानेका थिए । उक्त घटनाका लागि उनलाई अनुशासनको कारबाही हुने सम्भावना छ ।

शनिबारका नतिजाहरू
कार्डिफ ०–० न्युकासल
एभरटन २–१ साउथह्याम्पटन
लेस्टर २–० वल्भ्स
टोटेनहम ३–१ फुलहम
वेस्ट ह्याम १–२ बर्नमाउथ

प्रकाशित : भाद्र ३, २०७५ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?