२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

बार्सिलोनाको विजयी सुरुआत

एएफपी

बार्सिलोना — स्पेनिस ला लिगाको पहिलो खेलमा डिपोर्टिभो अलाभेसलाई ३-० ले पराजित गर्दै बार्सिलोनाले सुखद सुरुआत गरेको छ । 

बार्सिलोनाको विजयी सुरुआत

यसै सिजन कप्तान नियुक्त भएका लिओनेल मेसीले बार्सिलोनालाई ६४ औं मिनेटमा फ्रिकिकमार्फत अग्रता दिलाएका थिए । फिलिपे कोउटिन्होले वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गर्दै ८३ औं मिनेटमा दोस्रो गोल थपे ।


कप्तान मेसीले अन्तिम मिनेटमा तेस्रो गोल थप्दै बार्सिलोनाको जित सुनिश्चित गरे । बार्सिलोना गत सिजनको लिग उपाधि विजेता हो । यस सिजन रियल म्याड्रिडबाट रोनाल्डो बाहिरिनु र क्लबमा नयाँ प्रशिक्षक आउनुले पनि बार्सिलोना उपाधिको बलियो दावेदारको रुपमा अगाडी आएको छ ।

प्रकाशित : भाद्र ३, २०७५ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?