कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

आर्सनललाई चेल्सीले हरायो

एएफपी

लन्डन — इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार रातिको खेलमा चेल्सीले चीर प्रतिद्वन्द्वी आर्सनललाई घरेलु मैदानमा ३-२ ले पराजित गरेको छ । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा ४ गोल सम्भव भएको थियो ।

आर्सनललाई चेल्सीले हरायो

चेल्सीले पेड्रो र अल्भारो मोराटाको गोलमा २ गोलको अग्रता लिएपनि त्यसलाई जोगाउन सकेन । आर्सनलले एलेक्स इवोबीको गोलसँगै पहिलो हाफमै खेल बराबरीमा ल्यायो । पहिलो हाफको अन्त्यतिर आर्सनलले अग्रता लिने मौका पनि पाएको थियो तर त्यसको सदुपयोग गर्न सकेन ।


दोस्रो हाफमा प्रशिक्षक माउरिजियो सार्रीले इडेन हाजार्डलाई मैदान पठाए । हाजार्डले आफ्नो प्रभाव देखाउँदै मार्कस अलोन्सोलाई दिएको पासमा स्पेनिस डिफेन्डरले गोल गरे ।

प्रकाशित : भाद्र ३, २०७५ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?