१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८
खेलकुद

Sports News of Nepal

निमाको प्रदर्शन उत्साहजनक

स्वर्ण विजेता निमा घर्तीमगर एसियाडको पदक छेउछाउमा पुग्न नसके पनि आफ्नो प्रदर्शनमा राम्रो गरेकी छन् । महिला थाउलोको नान छ्वान र नान तावमा सहभागिता जनाएकी उनले सागमा स्वर्ण जितेको प्रदर्शन उछिनेकी छन् । निमाले सोमबार नान ताव (खाली हात प्रदर्शन) मा १७ स्कोर गरिन् । जबकि १२ औं सागमा उनले यसमा ८.४६ स्कोर गरेकी थिइन् । 

निमाको प्रदर्शन उत्साहजनक

१८ औं एसियाली खेलकुद : टिसाले सुधारिन्, गौरिकाको प्रदर्शन यथावत् 

नेपाली पौडीवाज टिसा शाक्यले महिला १ सय मिटर फ्रिस्टाइलको व्यक्तिगत प्रदर्शनमा सुधार गरेकी छन् । १८ औं एसियाली खेलकुदअन्तर्गत जीबीके स्टेडियमको एक्वाटिक सेन्टरमा सोमबार बिहान भएकाे प्रतिस्पर्धामा टिसाले १ मिनेट ०३.९६ सेकेन्डमा दूरी पार गरेकी थिइन् । 

१८ औं एसियाली खेलकुद : टिसाले सुधारिन्, गौरिकाको प्रदर्शन यथावत् 

१८ औं एसियाली खेलकुद : ब्याडमिन्टनमा जित, तेक्वान्दो र उसु आसमै

१८ औं एसियाली खेलकुदको पहिलो स्वर्णपदक चीनका उसु खेलाडी पेइयुयान सनले जितेका छन् । उनले पुरुष छ्वान छ्वानबाट आइतबार स्वर्ण जितेका हुन् । सनले ९ दशमलव ७५ अंक बटुल्दै इन्डोनेसिया एसियाडको पहिलो स्वर्ण आफ्नो देशमा भित्र्याएका हुन् ।

१८ औं एसियाली खेलकुद : ब्याडमिन्टनमा जित, तेक्वान्दो र उसु आसमै

पाकिस्तानसँग पनि पराजित

एसियाड फुटबलमा जितविहीन यात्रालाई निरन्तरता दिने क्रममा नेपाली राष्ट्रिय यू–२३ फुटबल टोली समूह ‘डी’ को अन्तिम खेलमा आइतबार पाकिस्तानसँग २–१ ले पराजित भएको छ ।

पाकिस्तानसँग पनि पराजित
भाद्र ३, २०७५

१८ औं एसियाली खेलकुद : नेपाल पुरुष ब्याडमिन्टनको क्वाटरफाइनलमा

१८ औं एसियाली खेलकुदको ब्याडमिन्टन पुरुष टिम इभेन्टमा आइतबार विजयी हुँदै नेपाल क्वाटरफाइनलमा पुगेको छ । नेपाली खेलाडीले पाकिस्तानलाई ३–१ गेमले हराएका छन् ।

१८ औं एसियाली खेलकुद : नेपाल पुरुष ब्याडमिन्टनको क्वाटरफाइनलमा

१८ औं एसियाली खेलकुद : तेक्वान्दोबाट आस

एसियाडमा गौरवशाली इतिहास बोकेको तेक्वान्दोबाट आइतबार हुने खेलबाट नेपालले पदक आस गरेको छ । जकार्ता जिरोला बुङ कार्नो स्टेडियमस्थित जीसीसी हलमा १८ औं एसियाली खेलकुदमा नेपाली तेक्वान्दो खेलाडीले पुम्सेमा प्रतिस्पर्धा गर्दै छन् ।

१८ औं एसियाली खेलकुद : तेक्वान्दोबाट आस

आर्सनललाई चेल्सीले हरायो

इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार रातिको खेलमा चेल्सीले चीर प्रतिद्वन्द्वी आर्सनललाई घरेलु मैदानमा ३-२ ले पराजित गरेको छ । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा ४ गोल सम्भव भएको थियो ।

आर्सनललाई चेल्सीले हरायो

भुटानले नेपाललाई हरायो

आयोजक भुटानले साफ यू–१५ गल्र्स च्याम्पियनसिपको तेस्रो स्थानको खेलमा नेपाललाई टाइब्रेकरमा ४–३ ले पराजित गरेको छ । निर्धारित समयको खेल २–२ को बराबरीमा टुंगिएपछि खेलको नतिजा टाइब्रेकरमा निर्धारण गरिएको थियो ।

भुटानले नेपाललाई हरायो