१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

१८ औं एसियाली खेलकुद : टिसाले सुधारिन्, गौरिकाको प्रदर्शन यथावत् 

ध्रुव तुलाधर

जकार्ता — नेपाली पौडीवाज टिसा शाक्यले महिला १ सय मिटर फ्रिस्टाइलको व्यक्तिगत प्रदर्शनमा सुधार गरेकी छन् । १८ औं एसियाली खेलकुदअन्तर्गत जीबीके स्टेडियमको एक्वाटिक सेन्टरमा सोमबार बिहान भएकाे प्रतिस्पर्धामा टिसाले १ मिनेट ०३.९६ सेकेन्डमा दूरी पार गरेकी थिइन् । 

१८ औं एसियाली खेलकुद : टिसाले सुधारिन्, गौरिकाको प्रदर्शन यथावत् 

हिट ४ मा प्रतिस्पर्धा गरेकी उनी पुछारमा रहिन् । उनले यसअघिको व्यक्तिगत प्रदर्शन भने १ मिनेट ०७.२५ सेकेन्डको प्रदर्शन थियो ।

यस इभेन्टको राष्ट्रिय कीर्तिमान भने चर्चित खेलाडी गौरिका सिंहको नाममा छ । गौरिकाको नाममा १ मिनेट ००.७९ सेकेन्डको राष्ट्रिय कीर्तिमान छ । एसियाडमा उनले १ मिनेट ००.८२ सेकेन्डमा दूरी पारेकी छ ।

१२ औं दक्षिण एसियाली खेलकुदमा एक रजत र तीन कांस्य पदक जितेकी गौरिकाले हिट २ मा प्रतिस्पर्धा गरेकी थिइन् । जहाा उनले मंगोलिया र माल्दिभ्सका खेलाडीलाई पछाडि पार्दै छैटौं स्थान ओगटिन् । २७ खेलाडी प्रतिस्पर्धा गर्दा गौरिकाले १८ औं र टिसा शाक्य २२ औं स्थानमा रहेका थिए ।

रियो ओलम्पिकमा कान्छी खेलाडी बनेर विश्वको ध्यान केन्द्रित गरेकी गौरिकाले १२ औं सागमा २०० मिटर मिड्लेमा रजत, १०० मिटर ब्याकस्ट्रोक, २०० मिटर ब्याकस्ट्रोक र ४०० मिटर फ्रिस्टाइलमा कांस्य पदक जितेकी थिइन् ।

तेक्वान्दोको एक जित

सोमबारै तेक्वान्दोको पुरुष ५८ केजीमुनि तौल समूहमा नेपालका सागर गुमाजुले भुटानका तेन्जिङ दोर्जेलाई ५४–४० अंकले पछाडि पार्दै अन्तिम १६ को राउन्ड सुरक्षित गरेका छन् । क्वाटरफाइनल पुग्नका लागि भियतनामी खेलाडीसाग खेल्नेछन् ।

त्यस्तै महिलातर्फका दुवै खेलमा भने नेपाली खेलाडीले हार बेहोरेका छन् । ५३ केजी तौल समूहमा नेपाली निमा गुरुङ पराजित भएकी छन् । उनी लेवनानकी एओन लातितियासाग अंकका आधारमा २३–१० ले पराजित भएकी हुन् । संगीता बस्याल नेपाली ६७ केजीमुनि अन्तिम १६ मा फिलिपिनी खेलाडी अर्पोन डार्लेनीसाग २०–१७ अंकले हारिन् ।

प्रकाशित : भाद्र ४, २०७५ १०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?