२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

१३ औँ सागबारे जर्कातामा चासो

ध्रुव तुलाधर

जकार्ता — दक्षिण एसियाली खेलकुदमा भाग लिने राष्ट्रहरूले १३ औँ दक्षिण एसियाली खेलकुद (साग) आयोजनामा नेपालको तयारीप्रति गहिरो चासो राखेका छन् ।

१३ औँ सागबारे जर्कातामा चासो

१८ औँ एसियाली खेलकुदका लागि इन्डोनेसियामा भाग लिन आएका दक्षिण एसियाली ओलम्पिक काउन्सिलका पदाधिकारीहरूको ‘साइडलाइन’ बैठकमा आयोजनाबारे सदस्य राष्ट्रहरूका प्रतिनिधिहरूले चासो राख्दै छिटोभन्दा छिटो औपचारिक पत्राचार गर्न नेपाललाई दबाब दिएका छन् ।


काठमाडौंमा अघिल्लो महिना सम्पन्न काउन्सिलको बैठकले आउँदो मार्च ८ देखि १८ सम्म १३ औँ साग नेपालमा गर्ने मिति तोकेको थियो ।


दक्षिण एसियाली ओलम्पिक काउन्सिल तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले अनौपचारिक बैठकबारे जानकारी गराउँदै नेपाल सरकार र ओलम्पिक कमिटीको तर्फबाट पत्राचार गरेपछि सहभागी सबै देशका सरकारले औपचारिक तयारी थाल्नुपर्ने भएकाले पत्राचार गर्न आग्रह गरेको बताए ।तोकिएकै मितिमा प्रतियोगिता गर्न नसकिए सम्पूर्ण खेलाडीमाथि अन्याय हुने श्रेष्ठको भनाइ थियो ।


नेपालले दक्षिण एसियाली खेलकुद आयोजना गर्न युवा तथा खेलकुदमन्त्रीको अध्यक्षतामा मूल आयोजक समिति गठन गरे पनि भौतिक पूर्वाधारलगायत अत्यावश्यक तयारी सुरु गर्न सकेको छैन । नेपालको तयारीप्रति शंका गर्दै श्रीलंकाले प्रतियोगिता गर्न आन्तरिक तयारी गरिरहेको समेत बुझिएको छ ।


प्राविधिक वा प्रशासनिक कारणले नेपालले साग आयोजना गर्न नसके स्वाभाविक रूपले आयोजनाको अधिकार अर्को मुलुकमा सर्ने अध्यक्ष श्रेष्ठले बताए ।

प्रकाशित : भाद्र ४, २०७५ १८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?