कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

निमाको प्रदर्शन उत्साहजनक

जकार्ता — स्वर्ण विजेता निमा घर्तीमगर एसियाडको पदक छेउछाउमा पुग्न नसके पनि आफ्नो प्रदर्शनमा राम्रो गरेकी छन् । महिला थाउलोको नान छ्वान र नान तावमा सहभागिता जनाएकी उनले सागमा स्वर्ण जितेको प्रदर्शन उछिनेकी छन् । निमाले सोमबार नान ताव (खाली हात प्रदर्शन) मा १७ स्कोर गरिन् । जबकि १२ औं सागमा उनले यसमा ८.४६ स्कोर गरेकी थिइन् । 

निमाको प्रदर्शन उत्साहजनक

अघिल्लो दिन नान छ्वान (तरबारसहित प्रदर्शन) मा उनले ८.७० अंक बटुलेकी थिइन् । दुवैको प्रदर्शनपछि अलराउन्डमा निमाले १७.८७ अंक जोडिन् । भारतमा सम्पन्न सागमा नेपालका लागि पहिलो स्वर्ण जित्दा उनले कुल १६.९१ अंकबाट स्वर्ण ल्याएकी थिइन्। एसियाडको उक्त इभेन्टमा १२ खेलाडीले भाग लिादा निमा ११ औं स्थानमा थिइन् ।


त्यस्तै पुरुष थाउलोको नान छ्वानमा युवराज थापाले पनि ८.२२ स्कोर गरेका छन् । तरबारसहितको प्रदर्शनमा उनले दक्षिण एसियाली प्रतिद्वन्द्वी अफगानिस्तानका इब्राहम जम्सेद (७.८७) र पाकिस्तानका मोहम्मद दाउद (६.६५) लाई पछाडि पारेका छन् । २३ खेलाडी प्रतिस्पर्धामा थिए । यसमा चीनका ली जिङदे ९.९५ स्कोरसहित अगाडि छन् ।


सागका रजत पदक विजेता युवराजले मंगलबार नान तावमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित : भाद्र ४, २०७५ १९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?